बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गोप्य राखिएको लाल आयोग प्रतिवेदन : सरकारमाथि प्रश्नै प्रश्न

गोप्य राखिएको लाल आयोग प्रतिवेदन : सरकारमाथि प्रश्नै प्रश्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शुक्रबार काठमाडौंबाट प्रकाशीत हुने अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई प्राथमिकतामा राख्दै समाचार प्रकाशन गरेका छन्।

कान्तिपुरले गोप्य राखिएको लाल आयोग प्रतिवेदन सरकारमाथि प्रश्नै प्रश्न शीर्षकमा समाचार प्रकाशन गरेको छ। यस्तै नागरिक दैनिकले महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ : मिलेमतोमा काम भएको पुष्टि शीर्षकमा समाचारमा प्रकाशन गरेको छ। यस्तै नयाँ पत्रिकाले मुआब्जा निश्चित नगरी ठेक्का दिने सरकार : पेस्की लिएर सडक अलपत्र पार्ने ठेकेकार शीर्षकको समाचारलाई प्राथमिकतामा पार्दा अन्नपूर्ण पोष्टले भने जनकपुरधामस्थित हनुमान मन्दिर शृङ्गार भवनको साढे पाँच बिघा व्यक्तिका नाममा दर्ता गरिएको समाचारलाई प्राथमिकता दिएको छ। 

कान्तिपुर लेख्छ राष्ट्रिय जनता पार्टीले संघीय संसदमा ६ महिनादेखि तराई–मधेश र थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न,माग गरिरहेको छ। यही विषयलाई लिएर गत महिना तीन साता प्रतिनिधिसभा अवरुद्ध भयो। सरकार भने अझै प्रतिवेदन सार्वजनिक गर्न तयार छैन। किन त? प्रतिवेदनले सरकारप्रति गम्भीर आरोप लगाउनुलाई यसको कारण मानिएको छ।

गिरीशचन्द्र लाल अध्यक्ष रहेको जाँचबुझ आयोगले २०७२ साउनदेखि झन्डै ६ महिना चलेको तराई–मधेश र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको निष्कर्षसहित प्रतिवेदन तयार गरेको छ।

यस्तै नयाँ पत्रिका मुआब्जा निश्चित नगरी ठेक्का दिने सरकार : पेस्की लिएर सडक अलपत्र पार्ने ठेकेदार शीर्षकमा लेख्छ, तीनपटकसम्म म्याद थप्दा पनि राजधानीका नौं सडक अधुरै छन्। सडक कहिले बन्ने हुन् भन्ने मात्र होइन चौडाइ कति हुने भन्ने पनि निश्चित छैन। सरकारले मुआब्जा निश्चित नगरी ठेक्का दिएको थियो, ठेकेदारले पेस्की पनि लगिसके, तर अदालतले मुआब्जा दिन भनेपछि सरकार र ठेकेदारले सडक कति फराकिलो बनाउने भन्ने निश्चित गर्न सकेका छैनन्।

यस्तै नागरिक दैनिक महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ : मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि शीर्षकमा अगाडि लेख्छ, सघन सहरी विकास कार्यक्रमअन्तर्गत  धनगढी उपमहानगरपालिकामा चक्रपथ निर्माण भइरहेको छ। जसअन्तर्गत धनगढी उपमहानगरपालिका ३ मा निर्माण गरिएको ८ दशमलव ९ किलोमिटर बाह्य चक्रपथ एक महिना नपुग्दै भत्किन थालेकोे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।