काठमाडौं- टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम संचालक तथा पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जनाएका छन् ।
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछाने सहित तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लामिछानतेसँगै युवराज कँडेल र रुकु कार्की पक्राउ परेको प्रहरीले जनाएको छ । चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ । कार्कीलाई भने यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४