काठमाडौं-नेपाली राष्ट्रिय भलिबल टोलिले दोस्रो अन्तरास्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानमाथी रोमाञ्चक पराजित निकालेको छ। बिहीवार भएको दोश्रो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानमाथि ३-२ को पुनरागमन जित निकालेको हो ।
पहिलो सेट प्रतिस्पर्धात्मक रुपमा २२-२५ ले गुमाएको नेपालले दोश्रो सेटमा १५-२५ को फराकिलो अन्तरले पराजित भयो । त्यस्तै निकैनै रोमाञ्चक बनेको तेस्रो र चौथो सेटमा नेपाल विजयी भयो । प्रतिस्पर्धात्मक बनेको तेस्रो र चौथो दुबै सेटमा नेपाल समान २६-२४ ले विजयी भएको हो। यस्तै पाँचौ सेटमा पनि नेपालले अफगानिस्तानलाई १५-१२ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
अफगानिस्तानसँग नै बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ३-२ को सेटमा विजयी भएको थियो। एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपालले प्रतियोगितापुर्व अफगानिस्तानविरुद्ध दिई मैत्रीपूर्ण खेल खेलेको हो ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ गतेदेखि ७ गते सम्म काठमाडौंको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा संचालन हुनेछ । प्रातियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४