शनिबार, वैशाख ८, २०८१

किन खाने क्वाँटी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- जनै पूर्णिमा साउन शुक्ल पूर्णिमा अर्थात् तागाधारीहरूले जनै फेर्ने दिन हो। बिहानै स्नान गरी नयाँ जनै लगाएर मनाइएको छ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार जनैको अर्थ ‘जनाउनु वा जानकारी हुनु’ हो। जनै धारण गर्ने व्यक्ति ज्ञानी र जानकार हुन्छ भन्ने भनाइ छ।

जनैपूर्णिमामा क्वाँटी खाने चलन छ। पहिला पहिला नेवार समुदायमा सीमित क्वाँटी अचेल सबै मानिसबीच लोकप्रिय बनेको छ।

क्वाँटीमा राजमा, चना, केराउ, बोडी, मटर, भटमास, मुगीलगायतका नौ प्रकारका गेडागुडी मिसाइएको हुन्छ।

यसरी सिमाएको गेडागुडीलाई दुईतीन दिनअघि पानीमा भिजाइन्छ। भिजाइएको गेडागुडीमा टुसा आएपछि तरकारी बनाएर खाने चलन छ।

क्वाँटी नेपाल भाषाको शब्द हो। नेपाल भाषामा क्वाँ भनेको तातो र टी भनेको झोल हो। क्वाँटीमा ज्वानो फुराएर खाँदा चिसो हट्ने विश्वास छ।

क्वाटीका यी नौ थरीका गेडागुडीलाई दुई दिन अघि भिजाइन्छ। क्वाटीमा पलाउने टुसा  अझ पोषणयुक्त रहने पोषणविद्को भनाइरहेको छ। 

किन खाने गरिन्छ क्वाँटी ?

साउन महिनामा किसान खेतीपातीमा व्यस्त हुन्छन्। वर्षाको समय खेतमा रुझेर काम गर्दा शरीरमा चिसो पस्छ। क्वाँटीको तातो झोलले शरीरमा स्फूर्ति र जाँगर बढाउँछ। त्यस्तै, यसले पाचन क्रियालाई पनि सक्रिय बनाउन मद्दत गर्छ। 

आज भ्यागूतोको पनि पूजा गरिन्छ। भ्यागुतो कराएपछि, पानी पर्ने तथा खेतका किरा फट्यांग्राहरूलाई खाने कारण पनि भ्यागुतोलाई पूजा गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।