काठमाडौं - भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदुत मंजिव सिंह पुरीले ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा कम्बल वितरण गरी सम्मान गरेको छ।
राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक समेत उपहार दिएको छ।
स्वतन्त्रता दिवसको अवसरमा राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ। भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ।
स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारी तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागीता थियो। उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीत प्रस्तुत गरेका थिए। नेपाल आर्मी ब्याण्डको सुमधुर प्रस्तुतीसँगै सो समारोहको समापन भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४