शनिबार, वैशाख ८, २०८१

आयोगले संसद् पठायो एकीकृत समाजवादी र लोसपा सांसदको विवरण

निर्वाचन आयोगले नवगठित दुई नयाँ दलका सांसदको विवरण संसद् सचिवालयमा पठाएको छ।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- निर्वाचन आयोगले नवगठित दुई नयाँ दलका सांसदको विवरण संसद् सचिवालयमा पठाएको छ। नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदको विवरण आयोगले संसद् सचिवालयलाई पठाएको हो। 

एकीकृत समाजवादीका ३० र लोसपाका १४ संघीय सांसद रहेको विवरण आयोगले संसद् सचिवालयलाई पठाएको छ। एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि आयोगले संसद् सचिवालयलाई जानकारी गराएको छ। नयाँ दल दर्ताका लागि निवेदन दिँदा हस्ताक्षर नगरेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्ट पनि नेपाल नेतृत्वको एकिकृत समाजवादी  जाने भएका छन्।

संघीय संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न पाउने गरी अध्यादेश आएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो। दुबै दललाई निर्वाचन आयोगले ९ भदौमा मान्यता दिएको थियो।

प्रकाशित: Aug 27, 2021| 20:18 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...