एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले शतकीय पारी खेले पछि वेस्टइन्डिजविरुद्धको सिरिजका लागि युएस टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । बुधबार राती भएको सिरिजको अन्तिम खेलमा भारतले डकवर्थ लुइसका आधारमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।
वेस्टइन्डिज ३५ ओभरमा २४० रन बनाएर खेली रहँदा खेल बर्षाले प्रभावित भएपछि ओभर घाटाएर ३५ ओभरमा झारेको थियो । ३५ ओभरमा झार्दा भारतले डकवर्थ लुइसका आधारमा २५५ रनको लक्ष्य पाएको थियो ।
सो लक्ष्य पछ्याएको भारतले ३२.३ ओभरमा ४ विकेट गुमाउदै भेट्टायो । भारतका लागि कप्तान विराट कोहलीले ९९ बलमा ११४ रनको अविजित शतकीय पारी खेले । उनले १४ चौका प्रहार गर्दै ११४ को शतकिय पारी खेलेका हुन् । केहलीको यो यस सिरिजका दोस्रो शतक हो ।
त्यस्तै श्रेयस अयरले ४१ बलमा ६५ रनको अर्धतकीय पारी खेले । शिखर धवनले ३६ र रोहित शर्माले १० रन बनाउँदा केदार जादभ १९ रनमा अविजित रहे । वेस्टइन्डिजका लागि फाबियन एलेनले २ विकेट लिदाँ केमार रोचले एक विकेट लिएका थिए ।
यसअघि वर्षले प्रभावित बनेको खेलमा वेस्टइन्डिजले ३५ ओभरमा ७ विकेट गुमाउदै २४० रन बनाएको थियो । वेस्टइन्डिजका लागि क्रिस गेलले ४१ बलमा ७२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले ।
त्यस्तै एविन लुइसले २९ बलमा ४३ रन जोड्दा निकोलस पुरनले ३०, शिमरन हेटमायरले २५, साइ होपले २४, कार्लोस ब्रेथवेटले १६ र जासन होल्डरले १४ रन जोडेका थिए ।
भारतका लागि खलिल अहमदले ३ विकेट लिए । तयस्तै मोहमद सामीले २ तथा युजवेन्द्र चहल र रविन्द्र जडेजाले एक एक विकेट लिए । तीन खेलको यस सिरिजको पहिलो खेल वर्षले प्रभावित भएपछि रद्द भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४