काठमाडौं – बिहीबार काठमाडौंबाट प्रकाशीत अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई प्राथमिकतामा राख्दै समाचार प्रकाशन गरेका छन्।
अन्नपूर्ण पोष्टले नेताबाटै सशस्त्रको दुरुपयोग शीर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ भने नयाँ पत्रिकाले एक खर्ब १२ अर्बमा बन्ने भनिएको फास्ट ट्रयाकमा सेनाले माग्यो दुई खर्ब १३ अर्ब शीर्षकको समाचारलाई प्राथमिकतामा पारेको छ। यस्तै कान्तिपुरले सम्पत्ति शुद्धीकरणमा कठोर रणनीति शीर्षकमा समाचार प्रकाशन गरेको छ।
अन्नपूर्ण लेख्छ, सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेतालाई रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेका छन्।
सशस्त्र प्रहरी बल मुख्यालयबाट प्राप्त विवरण अनुसार सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपति देखि राजनीतिक कार्यकर्तासम्मको सुरक्षाका लागि परिचालन गरेको छ।
कोसँग कति
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल - ४२
पूर्वप्रधानमन्त्री झलनाथ खनाल - १७
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा - २१
पूर्वप्रधानमन्त्री माधव नेपाल - १४
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई - ८
पूर्वप्रधानमन्त्री खिलराज रेग्मी - ९
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द - ८
पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ - ७
पूर्वउपप्रधानमन्त्री विजय गच्छदार - १२
पूर्वउपप्रधानमन्त्री कमल थापा - ११
पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेल - १०
पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह - १३
पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि - ९
पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ - ११
पूर्वउपप्रधानमन्त्री वामदेव गौतम - १२
पूर्वउपप्रधानमन्त्री भिम रावल - १२
पूर्वउपप्रधानमन्त्री कृष्ण सिटौला - ११
पूर्वगृहमन्त्री जनार्दन शर्मा - ११
पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का - ११
पूर्वगृहमन्त्री गोविन्दराज जोशी - ७
पूर्वअर्थमन्त्री डा. रामशरण महत - ६
पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत - ६
पूर्वसभामुख ओनसरी घर्ती - ६
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४