बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत गरिएको थियो।

कम्पनीका अध्यक्ष मनोहर दास मूलले विगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको भएपनि यसपटक नयाँ ढाँचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराए।

बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूँजी पु¥याउनको लागि गत बैशाख २५ को बिशेष साधारण सभाको निर्णय अनुसार २० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्षले जानकारी गराए।

आव. २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बृद्धि भई करिब रु. १ अर्ब २६ करोड बीमाशुल्क आर्जन भएको र आव. २०७५÷०७६ मा रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइयो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्