काठमाडौं – किङ्स कलेजसँगको साझेदारीका लागि विश्वस्तरमा प्रख्यात डेमोला ग्लोबल काठमाडौं आएको छ।
निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुका लागि समस्याको पहिचानका साथसाथै नवप्रबर्तन (इनोभेसन) मा आधारित समाधानको खोजी गर्नका लागि डेमोला किङ्स कलेजसँग साझेदारी गर्न काठमाडौं आइपुगेको हो।
काठमाडांैमा बिहीबार आयोजित एक समारोहबी सम्झौताको घोषणा भयो।
हालसम्म विश्वको १६ वटा राष्ट्रहरुमा सञ्जाल निर्माण गरिसकेको डेमोलाले विभिन्न निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुले भोगिरहेको वा भविष्यमा भोग्न सक्ने समस्याहरुको पहिचान तथा उपायको खोजी गर्दछ।
डेमोला ग्लोबलका अनुसार निजी कम्पनी एवं सरकारी, अर्ध–सरकारी तथा गैर–सरकारी संस्थाहरुको समस्यामा उक्त संस्थाको कर्मचारी तथा विद्यार्थीहरु मिलेर आठ हप्तासम्म काम गर्दछन् जसको पहिलो चरणमा कम्पनी वा संस्थाहरुको समस्याहरुको पहिचान हुन्छ भने दोश्रो चरणमा सो समस्याको सम्भाब्य नविन र श्रृजनात्मक समाधानका विकल्पहरुको खोजी गरिन्छ।
“यस प्रयासले हाल विद्यमान नेपाली शैक्षिक संस्था तथा समाज एवं सरोकारवाला संस्थाहरुबीचको दूरी कम गर्न मद्धत गर्ने विश्वास लिएका छांै,” कलेजका प्राचार्य नरोत्तम अर्यालले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४