शनिबार, वैशाख ८, २०८१

टुथब्रस निलेर आत्महत्याको प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
चीन – चीनको ग्वान्जाओ प्रान्तको शेनजेन शहर बस्दै आएका ५१ वर्षीय ‘लि’ को केही दिन अघि पेट एक्कासी दुख्न थाल्यो। उनी जाँच गराउनको लागि अस्पताल पुग्दा पत्तो लाग्यो कि उनको पेटमा दाँत माझ्ने ब्रस रहेछ।

२० वर्ष पेटमा रहेको ब्रस कालो र पुरानो देखिएको थियो भने ब्रसका बिस्टलहरू सबै छुट्टिसकेका थिए। इन्डोस्पोकीबाट पत्तो लगाइएको ब्रस कसरी लीको पेटमा पुग्यो घटना निकै रोचक छ। 

२० वर्ष अघि ‘ली’ कैदी जीवन बिताइरहेका क्रममा उनले आत्महत्याको प्रयास गरेका थिए। उनी लागुऔषधको आरोपमा जेल परेका थिए। र लागुऔषध सेवनकै कारण उनलाई एचआइभी भएको शंका भयो। उनले आत्महत्याको विभिन्न प्रयास गर्दा पनि सफल नभएपछि रिसको झोंकमा दाँत माझ्ने ब्रस खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए।

द मिरर अनलाइनमा उल्लेख भए अनुसार, त्यस समय ब्रसको असर केही देखिएन। यसका साथै उनले एचआइभीको औषधी सुरू गरेका कारण त्यसपछि भने आत्महत्याको प्रयास गरेनन्।  

कैदी जीवनपछि उनी वैवाहिक जीवन तथा अन्य काममा अल्झिए जसको कारण उनले निलेको ब्रसको हेक्का नभएको उनले मिरर अनलाइनलाई बताए।
  
डाक्टरका अनुसार, उक्त ब्रस उनको पेटको सानो आन्द्रामा फसेको थियो। यदि ब्रस उनको कलेजोमा पुगेको भए उनको ज्यानलाई ठूलो खतरा हुन सक्थ्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।
पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।
बालेनका नाममा २८ केजीको खसी बाजी!

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।
जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।
जसले १० करोड रङलाई चिन्न सक्छिन्

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।