बुधबार, वैशाख १२, २०८१

प्रहरीलाई घुस दिन खोज्ने तस्कर पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – तस्करीको लाइन मिलाइदिन भन्दै प्रहरीलाई घुसदिने एकजना बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव रहेका प्रहरीले जनाएको छ।

प्रहरीले जनाएअनुसार यादवले बाराको जीतपुर सिमरास्थित ईलाका प्रहरी कार्यालय पुगेर तस्करीको लाइन मिलाइदिन भन्दै घुसदिन खोजेका थिए।

भारतबाट कुखुरा ल्याई नेपालको विभित्र ठाउँमा ओसारपसार गर्ने काम गर्दै आइरहेको र लाइन मिलाइदिए मासिक रुपमा पैसा दिने भन्दै उनले प्रहरीलाई प्रलोभन देखाएका थिए।

प्रहरीले जान भनेपछि यादवले ‘तपाईं हामी सबै मिली पैसा कमाउनुपर्छ। तपाईंले नखाएपनि हामीले जसरी पनि काम गरिहाल्छौं’ भनेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रंजितसिंह राठौरले बताए।

अवैध रुपमा तस्करी गर्न प्रहरीलाई प्रलोभन दिनखोजेपछि यादवलाई पक्राउ गरिएको डिएसपी राठौरले जानकारी दिएका छन्। डिएसपी राठौरका अनुसार यादवले आफ्नो पाइन्टको खल्तीबाट पैसासमेत निकालेर प्रहरीलाई दिन खोजेका थिए।

पक्राउ परेका यादवको साथबाट १० हजार नगद बरामद भएको उनले बताए। राठौरले यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।