काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी गठन गरेको छ। केही दिन अघिमात्र निर्वाचन आयोगबाट मान्यता पाएको पार्टीले शुक्रबार पाँच सदस्यीय स्थायी कमिटी बनाएको हो।
स्थायी कमिटीमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, बेदुराम भुसाल र प्रवेश हमाल छन्। नेपाल पार्टीका अध्यक्ष पनि हुन्। पाँचैजना पूर्वपार्टी एमालेमा पनि स्थायी कमिटी सदस्य थिए।