शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ट्रकको ठक्करबाट पुल क्षतिग्रस्त : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट पुल क्षतिग्रस्त : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नवलपरासी- ट्रककाे ठक्करबाट पूर्वी नवलपरासीको अरुणखोला पुल क्षतिग्रस्त भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। 

बुधबार बिहान ४ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुलको एकातर्फको भागमा ठक्कर दिँदा पुल चर्किएको छ । पूर्वतर्फको भागमा ट्रकले ठक्कर दिँदा त्यो भाग क्षतिग्रस्त भएको प्रहरीले जनाएको  छ। 

ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगेर करीब दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

पुल चर्किएपछि सवारी आवागमन रोकिएको छ । नवलपुर प्रहरीका अनुसार पुल नै भत्किने जोखिम बढेपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । साना हलुका सवारीसाधन भने चल्न दिइएको छ । 

प्रहरीले पूर्वबाट आउने सवारीलाई यात्रु उतारेर पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ ।

पुल चर्किएपछि सवारी आवागमन रोकिदा दशौं किलोमिटर लामो जाम भएको छ । गाडी पास कसरी गर्ने भन्ने अहिलेसम्म कुनै निक्र्यौल हुन नसकेको प्रहरीले जनाएको छ। वैकल्पिक बाटाेको खोजी भइराखेकाे जनाइएको  छ। 

बिहानैदेखि सडक अवरुद्ध भएपछि अहिले अरुणखोलामा सवारी रोकिएर लाम लागेको छ । साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।