शनिबार, वैशाख ८, २०८१

जम्मू–कश्मीर प्रकरणमा साथ दिन भारतीय राजदूतको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले जम्मू–कश्मीर प्रकरणमा साथ दिन नेपाललाई आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरीले भने, “जम्मू–कश्मीरको आर्थिक समृद्धि र आतंकवाद समाप्तिका लागि यो कदम उठाइएको हो। भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षमताले यो काम सम्पन्न भएको छ।”

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुलाई इंगित गर्दै पुरीले भने, “जम्मू–कश्मीरका जनताको हितका लागि भारत सरकारले उठाएको कदममा तपाईंहरुको पनि सहयोग रहनेछ। नेपाल भारतबीच रोटीबेटीको सम्बन्ध छँदैछ। आर्थिक राजनीतिक सम्बन्ध पनि छ।”

भारतीय जनता पार्टी (भाजपा)को पक्षमा बोलेका राजदूत पुरीले मोदी सरकारले भारतको अर्थतन्त्र दोब्बर बनाउन लागेको दाबी समेत गरे।

नेपाल–भारत सीमानामा रहेका संयुक्त चेकपोष्टबाट दुबै मुलुकलाई फाईदा भइरहेको बताउँदै पुरीले अगाडि भने, “पेट्रोलियम पाइपलाइनको काम भइसकेको छ। अब अमलेखगञ्जसम्म पेट्रोल आउनेछ, अगाडि तपाईंहरुले आफ्नो हिसावले विस्तार गर्नु होला।”

नेपालको जनविद्युत्को विकासमा भारतले ठूलो योगदान गरिरहेको दाबी गर्दै पुरीले नेपालको लोडसेडिङ हटाउन भारतले सहयोग गरेको बताए। अब नेपालमा उत्पादन हुने विद्युत् भारतले पनि प्रयोग गर्ने उनको भनाई थियो । 

जनकपुर–जयनगर रेल्वेको प्राविधिक काम केही दिनमै सम्पन्न भएपछि  चाँडै रेलसेवा सञ्चालनमा आउने जानकारी दिदै राजदूत पुरीले पछिल्लो वर्ष भएको भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले मुक्तिनाथ र जनकपुरमा पर्यटक बढेको बताए।

कार्यक्रमको आयोजना ‘फ्रि युथ डेमोक्रेटिक युनियन नेपाल’ले गरेको थियो। संस्थाका अध्यक्ष रवीन्द्र महतोले नेपाल भारतको सम्बन्धमा युवाहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।