एजेन्सी- भारतले आइतबार भएको वान डे क्रिकेटमा वेस्ट इंडिजलाई ५९ रनले हराएको छ।
वेस्ट इंडिजको पोर्ट अफ स्पेनमा डकवर्थ लुइस नियमका आधारमा भएको खेलमा १२० रन बनाएका भारतीय ब्याट्सम्यान एवम् कप्तान विराट कोहली यो जितको हिरो बने।
आफ्नो ४२ औं शतकका साथ विराट कोहली वान डे क्रिकेटमा भारतका दोस्रो सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्।
भारतका तर्फबाट वान डेमा सर्वाधिक रन बनाउने खेलाडी भने सचिन तेन्दुलकर (१८४२६) हुन्। कोहलीले अहिलेसम्म अब २३८ म्याचमा ११४०६ रन बनाएका छन्।
उनी क्रिकेटको ‘ओभर अल’ सूचीमा आठौं नम्बरमा पुगेका छन्।
मियान्दादको रेकर्ड पनि तोडियो यो खेलमा १९ औं रन पूरा गरेलगत्तै कोहलीले पाकिस्तानका पुराना खेलाडी जावेद मियान्दादको एउटा २६ वर्ष पूरानो रेकर्ड पनि तोडे। कोहलीले वेस्ट इन्डिजविरुद्ध ३५ म्याचमा २०३२ रन बनाएका छन्। कुनै एउटा देशविरुद्ध सबैभन्दा कम इनिङमा २००० रन पूरा गरेको यो पहिलो रेकर्ड हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४