शनिबार, वैशाख ८, २०८१

साउनमा किन बढेन शेयर बजार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शेयरबजारका लागि सुखद मानिने साउन महिनाले यसपटक भने शेयर कारोबारीलाई निराश बनाएको छ । 

अघिल्ला वर्षहरुलाई हेर्ने हो भने  अरु बेला ओरालो लागेको बजार साउनमा उकालो लाग्ने गरेको थियोे । २०७३ साउन १२ गते शेयर बजार १४.५४ अंकले उकालो लागेर सबैभन्दा माथिल्लो  विन्दु १८८१ मा पुगेको थियो ।

तर २०७६ साउन १२ गते बजारमा १७.११ अंकले गिरावट आएर १२५२ अंकमा अडिएको छ । २०७३ साउन तिर दैनिक साढे २ अर्ब भन्दा बढीको कारोबार हुने गरेको बजारमा अचेल दैनिक ३० करोडको हाराहारीमा करोबार भइरहेको छ । 

नयाँ आर्थिक वर्ष शुरु भएसँगै विभिन्न कम्पनीहरुले आफ्नो वार्षिक विवरणहरु सार्वजनिक गर्छन् । यो विवरणबाट लगानीकर्ताहरुले कम्पनीले दिने लाभांशको हिसाब गरेर नाफाघाटाको हिसाब जोडेर त्यसै अनुसार शेयरमा लगानी गर्छन् । 

तर नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र सो नीतिलाई सघाउनको लागि आएको निर्देशनका कारण बैंकहरुको नाफा २५ प्रतिशतले घट्न सक्ने भन्दै बैंकहरुले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा ७५ प्रतिशतसम्म बजारलाई असर गर्छ भनिएसँगै बजार ओरालो लाग्न थालेको हो । 

नेपालको बजार उसै त हल्लाको भरमा चल्छ त्यसमाथि बैंकरहरुले विज्ञप्तिमा नै सो कुरा राखेपछि लगानी डुब्ने डरले लगानीकर्ताहरुले बजारमा लगानी नगरेको बजार विश्लेषकहरुको ठम्याई छ । 
करिव एक वर्षयता पूँजीगत लाभकरसम्बन्धी विवाद नटुंगिएका कारण पनि बजार धैरैमाथि उक्लिन नसकेको लगानीकर्ता युजिन बजिमय बताउँछन् ।

दलाल कम्पनीमै गएर शेयर लाभकरको गणना गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने माग लगानीकर्ताले गरिरहेका छन्। जसलाई सरोकारवालाले बेवास्ता गर्दा पनि बजार नबढेको उनको दावी छ । 
त्यस्तै अर्का लगानीकर्ता एवम् बजार विश्लेषक ताराप्रसाद फुल्लेल भने बजार घट्नुको मुख्य कारण राज्यले लिएको नीति नै रहेको दावी गर्छन् । 

सरकारले नितिगत सुधार गरेमात्रै बजारमा सकारात्मक हुने उनको बुझाई छ । फुल्लेलका अनुसार पूँजीगत लाभकरको विषयपनि ठूलो समस्या होइन । किनभने सरकारले बजेट मार्फत नै पूँजीगत लाभकरलाई ७.५ प्रतिशतबाट ५ प्रतिशत बनाएको छ । 

“लगानीकर्ताहरुको माग भनेको भारित औषतका आधारमा पूँजीगत लाभकर लगाउनुपर्छ भन्ने हो र भारित औषत दर धितोपत्र बोर्डले नै तोकिदिनुपर्छ,” फुल्लेल भन्छन् । 

त्यस्तै नियामक निकाय (धितोपत्र बोर्ड) ले लगानीमैत्री निर्णय नगरेका कारण बजार ओरालो लागेको उनको आरोप छ । 

अर्थमन्त्रालयले लगानीकर्ताको समस्याबारे बुझेर प्रतिवेदन दिनको लागि धितोपत्र बोर्डलाई भने पनि बोर्डले बजारमा कुनै समस्या नरहेको प्रतिवेदन अर्थमन्त्रालयमा पेश गरेको छ । त्यसैले सुधारको लागि कुनै प्रयास नहुँदा बजार ओरालो लागेको हो । 

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीे भने नेपाल राष्ट्र बैंकको निर्देशन र व्याजदर नघट्नु बजार नबढ्नुको मुख्य कारण रहेको दावी गर्छन् । 

उनका अनुसार शेयर बजारमा धेरै लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरिरहेको र व्याजदर अझैपनि कम नहुँदा मार्जिन कल आउने डरले लगानीकर्ताहरुले थप लगानी नगरेका हुन् । 

सोमबार बजारको अवस्था 

सोमबार शेयर बजार ०.१३ अंकले उकालो लागेर १२३३.८५ अंकमा अडिएको छ । यस दिन  सान्जेन र रसुवागढीको सर्वाधिक कारोबार भए पनि त्यसले समग्र बजारको सूचक र कारोबार रकममा केही प्रभाव छाड्न सकेन। 

बजार सामान्य रहँदा कारोबार रकम ३१ करोड २७ लाख रुपैयाँ मात्र रह्यो । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ६७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ६३ वटा कम्पनकिो शेयरमूल्य घटेको छ । त्यस्तै ३१ वटा कम्पनीको शेयरमूल्य भने स्थिर छ।

प्रभु बैंक, मेगा बैंकको संस्थापक शेयर, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नेपाल बैंकको पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । सोमबार उच्च कारोबार गर्ने १० कम्पनीमा ७ वटा वाणिज्य बैंक छन् ।

सोमबार नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.८९ प्रतिशतले बढेरको छ भने केही समयअघि मात्र समस्याबाट मुक्त भएको वल्र्ड मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको शेयर मूल्य पनि ९.०९ प्रतिशतले बढेको छ। 

त्यस्तै नेपाल सेवा लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ भने मिथिला लघुवित्तको पनि ५ प्रतिशतले बढेको छ ।

यस दिन बिशाल बजार कम्पनकिो शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ ।  एनआईबिएल प्रगति फण्डको मूल्य ४ प्रतिशतले बढेको छ भने एनआईबिएल समृद्धि फण्ड, नेपाल एग्रो
लघुवित्त, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।