बिहीबार, वैशाख १३, २०८१

यी हुन् प्रविधिमैत्री 'स्मार्ट ज्वेलरी'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- यो विज्ञान र प्रविधिको युग हो। यो युगका आविस्कारहरु निकै रोचक छन्। हामीले लगाउने स्मार्ट वाच (घडी), स्मार्ट सिटी, स्मार्ट बस जस्ता दैनिक जीवनका सबै कुरा प्रविधिमैत्री हुन थालेका छन्।

पछिल्लो समय गहनासमेत ‘स्मार्ट’ हुन थालेका छन्। हेर्दा लगाउँदा पौराणिक गहना जस्तै देखिने यस्ता स्मार्ट ज्वेलरीले प्रायः स्वास्थ तथा अन्य फोनकलका नोटिफिकेसन देखाँउछ।

यस्ता ज्वेलरी मन पराउने भीडमा पुरूषहरू नै बढी छन् भने आर्कषक डिजाइनमा आउने यस्ता ज्वेलरीहरू महिलाहरूको पनि रोजाइमा पर्न थालेका छन्।

यस्ता छन्, स्मार्ट बजारको यी लोकप्रिय ज्वेलरीहरू :

१) स्मार्ट रिङ्ग

पौराणिक देखिने प्रविधिमैत्री औठी ‘ब्लिंक स्मार्ट रिङ्ग’ हो। यो स्मार्ट औठी जुनै पनि कपडाको साथमा लगाउन मिल्छ। स्मार्ट रिङ्ग ‘जेम ग्लो टेक्नोलोजी’ मा आधारित भएका कारण नोटिफिकेशनको अलर्ट गर्छ।

नोटिफिकेशन आउनेबित्तिकै औठीमा जडित रङ्ग परिर्वतन हुने गर्छ। मोबाइलमा आउने फोन तथा मेसेजको अलर्ट पनि औँठीमा भाइबे्रशन हुन्छ।

यस औँठीको विशेषता के छ भने तपाईले हरेक कलको अलर्टबाट नभई आफूलाई महत्वपूर्ण लाग्ने मात्रको नोटिफिकेशन पाउन सक्नुहुन्छ।

२) वेलनेस एन्ड एक्टिभिटी ब्रेसलेट


बाहिरी डिजाइनका र यसको वेलनेस एन्ड एक्टिभिटी ब्रेसलेटको बाहिर स्वरूप जति आर्कषक छ उत्तिकै यसको काम पनि। यो ब्रेसलेट विशेषत ‘वोर्किङ्ग वुमन’ जो बिहान ९ बजेदेखि राती ९ बजेसम्म खटिने गर्छन्, उनीहरूको लागि लक्षित रहेको छ। समयको साथै, स्वास्थ स्थितिको बारेमा यस स्मार्ट ज्वेलरीले जानकारी दिने गर्छ।

यसका साथै, विभिन्न फन पोस्ट, स्वास्थ सम्बन्धी टिप्स तथा दिनमा कति व्यायम गर्ने तथा ब्लडप्रेसरको अवस्था पनि बुझ्न सकिन्छ। यस्ता साना साना कुराले पनि हाम्रो दैनिकीमा ठूलो भिन्नता ल्याउँछ। 

३) फिटनेस ब्रेस्लेट

फिटनेस टेनिङ्गको लागि यो उपकरण अझ उपयोगी रहेको छ। फिटबिट फ्लेक्स २ डिजाइनको तबरले पनि निकै सुन्दर र आर्कषक रहेको फिटबिटको यस ब्रेस्लेटलाई चुरा बालासँग पनि लगाउन सकिन्छ। साथै, यो जिम, जुम्बा जस्ता फिटनेसमा पनि उपयोगी हुन्छ। के कति व्यायम गरेको भन्ने रेर्कड पनि राख्छ। दैनिक निन्द्रा, ब्लडप्रेसर, हिँडाई आदि पनि ट्रयाक गरेको हुन्छ। 

४) ट्रेस म्यानेजमेन्ट एन्ड एक्टिभिटी ट्रयाकर

यो उपकरण गलामा लगाइने गहना जस्तै आर्कषक देखिने गर्छ। यस उपकरणयुक्त गहनाले मन र मुडलाई शान्त रहन मद्दत गर्छ।

कोमल रबरबाट भनेको यस स्मार्ट ज्वेलरीमा स्टोन जडित हुने भए पनि, यसको निर्माण रबरबाट भएको कारण गलामा दिनभर लगाउँदा पनि अन्य सामान्य गहना लगाए जस्तै सहज हुन्छ।

यसलाई नलगाई कपडामा पनि क्लिप जसरी पनि अड्काउन सकिन्छ। यो पानीले नभिज्ने वाटरप्रुफ रहेको छ। यो उपकारण ७ वर्षसम्मको रिसर्च तथा प्रयोगपछि मात्र सर्वधारणको लागि ल्याएको थियो।

यस उपकरणले तेज गतिमा बढेको हाम्रो श्वासको रेर्कड राख्छ। उक्त स्वास प्रश्वासको रेर्कड पछि, उपकरणले एर्लट गर्ने गर्छ। बे्रथिङ्ग एक्ससाइज, ध्यानको लागि पनि सहज गर्छ। यसका साथै प्रेग्नेन्सी तथा महिनावारी पनि ट्याक गर्छ।

५) एक्टिभटी ट्रैकर एन्ड स्लीप मोनिटर

यो उपकरणयुक्त गहना स्मार्ट ज्वेलरी पनि विशेष घाँटीमा मै लगाउनको लागि बनाइएको छ। चार्ज गरिरहनु नपर्ने यस स्मार्ट ज्वेलरीको विशेषता हो। यसमा जडित ब्याट्री ६ महिनासम्म चल्ने दाबी कम्पनीको रहेको छ।

घडी बनाएर वा कपडामा क्लिप जसरी अड्काउन पनि सकिन्छ। घाँटीमा लगाउनको लागि भने यस उपकरणलाई फ्रेम चाहिन्छ। यसले हाम्रो निन्द्रा को पनि रेर्कड गर्छ। स्लिप डिअर्डर भएका बिरामीको लागि अझ फाइदाजनक हुन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...