१. पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै छिमेकी राष्ट्र भारतले कस्मिरबारे उठाएको नयाँ कदमका बिरुद्द अन्तरराष्ट्रिय समुदायलाई गुहारेका छन ।
उनका अनुसार भारतले यसपछि लिने हरेक कदम मुस्लिम धर्माबलम्बीहरुलाई एक(एक गरी हिन्दू धर्ममा बिलय गराउने र त्यसलाई नमान्ने मुस्लिमहरुको भारत सरकारको निर्देशनमा सफाया गरिने त्रास उनको एउटा ट्विट्टर मार्फत ब्यक्त गरेका छन । भारतको यस्तो कदम हिट्लरको शासन बिर्साउने खालको भएको उनको आरोप छ ।
२. बालयौन दुराचारको आरोपमा जेलमा परेका अमेरिकी अर्बपति व्यापारी जेफ्री एप्स्टाइनले शनिबार न्यूयोर्कको जेलभित्रै आत्महत्या गरेका छन् । अमेरिकी सङ्घीय जाँच ब्युरो ९एफबीआई० र न्याय विभागले एप्स्टाइनले आत्महत्या गरेपनि यौन दुराचारको मुद्दाको अनुसन्धानलाई निरन्तरता दिने जनाएका छन् ।
एक बालिकाले गरेको उजूरीका आधारमा पक्राउ परेका जेफ्रीमाथि दर्जनौं बालिकामाथि यौन शोषण गरेको तथा अमेरिकी धनाढ्य एवं उच्च राजनीतिक व्यक्तिहरुलाई समेत यौन दुराचारका कार्यमा सघाएको गम्भीर आरोप लागेको छ ।
३. अफ्गानिस्तानको टखर प्रान्तमा भेला भएका तालिबान लडाकुहरुलाई लक्षित गरी गरिएको एउटा हवाई हमलामा १५ जना तालिबानी लडाकुहरु मारिनुका साथै १० जना घाइते भएको त्यस क्षेत्रका गभर्नर अब्दुल कयुम कानीले जनाएका छन ।
४. चीनले आफ्ना छिमेकी मुलुकहरुसँगको सामाजिक सम्बन्धका आयामलाई थप फराकिलो पार्दै लगेको देखिन्छ । यसैको नयाँ शिलशिला म्यानमारमा देखिएको छ । उसले म्यानमारको राष्ट्रिय इन्डोर खेलको रंगशालाको स्तरोन्नती गर्ने परीयोजनाको जिम्मा लिएको छ ।
५.म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार ब्हिानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो । म्यानमार सहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन् ।
६. क्युबाका राष्ट्रपति मिगेल डायाज–केनेलले पश्चिमी मुलुकको बहिस्करणमा परेको भेनेजुएला सरकारमाथि पुनः समर्थन जनाएका छन् । राष्ट्रपति डायाजले अमेरिकी आर्थिक प्रतिबन्धको विरोध गर्दै भेनेजुएलाका जनताको प्रतिष्ठा र क्षमतालाई कसैले होच्याउन नसक्ने बताएका छन् ।
७. उत्तर कोरियाले फेरी नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । सर्वोच्च नेता किम जोङ्ग उनको प्रत्यक्ष निर्देशनमा उक्त परीक्षण सम्पन्न भएको उत्तर कोरियाली केन्द्रिय समाचार संस्था केसिएनएले जनाएको छ ।
८. तान्जानीयामा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोटन भएर कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति जोन मागुफुलीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उक्त बिस्फोटमा ७० जनाभन्दा बढी घाइते भएका थिए ।
९. साउदी अरेबियाले आइतबार यमनमा सक्रिय अर्को पृथकतावादी समूह दक्षिणी संक्रमणकालीन परिषद ९एसटीसी० सँग आबद्ध सेना विरुद्ध हवाई आक्रमण गरेको छ ।
यो चेतावनीस्वरुप गरिएको पहिलो कारबाही रहेको पनि एक अधिकारीले बताएका छन् ।
१०. चीनमा ‘लेकिमा’ नामक आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरहरूमा क्षति पुर्याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआन बराबरको आर्थिक क्षति पुर्याएका प्रारम्भिक अनुमान छ । आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४