एजेन्सी- इटालियन सिरी ए च्याम्पियन्स युभेन्टस प्रि-सिजन अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स एट्लेटिकोसँग २-१ गोलले पराजित भएको हो।
एट्लेटिको जितका लागि थोमस लेमार र जोआओ फेलिक्सले एक एक गोल गरे । युभेन्ट्सका सामी खेडिराले एक गोल फर्काए । खेलमा भएका तीन वटै खेल पहिलो हाफमा भएका थिए ।
खेलको २४ औं मिनेटमा थोमसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, त्यसको पाँच मिनेट नबित्दै युभेन्ट्सका खेडिराले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै खेलको ३३ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए ।
यस जितसँगै एट्लेटिकोले प्रि-सिजनको सुखद अन्त्य गरेको छ । जहाँ एट्लेटिकोले प्रि-सिजनका सबै खेल जितेको छ । प्रि-सिजनका ६ खेल खेलेको एट्लेटिकोले ६ वटै खेल जित्दै प्रि-सिजन टुरको सुखद अन्त्य गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४