बिहीबार, वैशाख ६, २०८१

भेडेटारमा पनि बन्ने भो ‘जिप फ्लायर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- पोखरा र धुलिखेलपछि अब प्रदेश १ को भेडेटारमा पनि जिप फ्लायर बन्ने भएको छ। धनकुटाको साँघुरीगढी गाउँपालिका ६ को खर्क डाँडामा १५ सय मिटर लम्बाईको जिप फ्लायर बन्ने भएको हो।

भेडेटारका पर्यटन व्यवसायीहरु आशिष राई र किरण राईको संयुक्त लगानीमा नेपालको तेस्रो जिप फ्लायर बन्न लागेको हो। हालसम्म नेपालमा प्रदेश ४ को पोखराको १८ सय ६० मिटर लामो जिप फ्लायर र प्रदेश ३ को धुलिखेलमा रहेको १३ सय मिटर लामो जिप फ्लायर व्यवसायिक सञ्चालनमा छन्।

जिप फ्लायरको तल्लो र माथिल्लो डाँडाको भिन्नता २४० मिटरको हुने र जिप फ्लायरको ‘लन्च प्याड’ खर्क डाँडाबाट हुने र कार्कीछापमा ‘ल्यान्डिङ स्टेसन’ हुनेछ।

जिप फ्लायर सुरु र अन्त्य हुने दुवै क्षेत्रमा पर्यटक क्लासका होटल र पार्कहरु निर्माण हुनेछन्। ४ करोड हाराहारी लगानीमा बन्ने जिप फ्लायर होटल आठपहरिया प्रालिबाट लञ्च प्याडबाट यात्रा सुरु भएर भेडेटार फन पार्कमा ल्यान्ड हुनेछ।

जिप फ्लायरको सम्भाव्यता अध्ययन देखि माटो परीक्षणको सकिएको बताएका व्यवसायी आशिष राईले लाइसेन्स लिएर व्यवसायिक रुपमा सञ्चालनको तयारी गरिएको बताए। भेडेटारको चर्चित होटल मेजेस्टिकका सञ्चालकसमेत रहेका राईले भने, ‘नेपाल भ्रमण वर्ष २०२० को लागि भेडेटारमा आउने पर्यटकहरुलाई लक्षित गरेर यो सञ्चालन गर्न लागेका हौँ।

दक्षिण एसियाको तेस्रो लामो जिप फ्लायर

हाल नेपालमा पोखरामा साराङकोटदेखि हेम्जासम्म १८ सय ६० मिटर लामो जिप फ्लायर सञ्चालनमा छ। २०६९ जेठ २० गतेदेखि सञ्चालनमा आएको नेपालको पहिलो जिप फ्लायर हो। यो दक्षिण एसियाको सबैभन्दा लामो र विश्वका लामा जिप फ्लायरमा पर्छ। पोखराको जिप फ्लायर पछिको दोस्रो लामो दक्षिण एसियाली जिप फ्लायर भारतमा छ।

दक्षिण भारतीय राज्य केरलामा रहेको कोलुकुमलाई नामक जिप फ्लायर मात्रै नेपालबाहेक दक्षिण एसियाको दोस्रो सबैभन्दा लामो जिप फला्यर हो। यसको लम्बाइ १८ सय मिटर छ।

संसारको सबैभन्दा लामो जिप फ्लायर भने अरबी मुलुक युएईमा रहेको छ। ओमानको सीमा नजिकै रहेको जेबेल जैस माउन्टेनमा बनेको युएईको २८ सय मिटर लामो जिप फ्लायर संसारको सबैभन्दा लामो भएको युरो न्यूजले उल्लेख गरेको छ।

धरानमा परिक्षण, भेडेटारमा व्यवसायिक सञ्चालन

भेडेटारमा प्रदेश १ मा पहिलोपटक व्यवसायिक जिप फ्लायरको काम अगाडि बढे पनि यसको सफल परीक्षण भने सुनसरीको धरानमा भएको थियो। २०७५ असोज १२ गते धरान १३ र धरान २० को संगमस्थल मानिने ओसो ध्यान केन्द्र क्षेत्रमा जिप फ्लायरको सफल परीक्षण भएको थियो।

वातावरण तथा प्राकृतिक स्रोत केन्द्रका अगुवा आनन्द श्रेष्ठको अगुवाईमा भएको जिप फ्लायरको परीक्षण प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।