कैलाली- कैलालीको गौरीगंगा नगरपालिकामा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ।
नगरपालिकाको वडा नं. १० सुन्दरपुर बस्ने १४ वर्षीया करणा चौधरीको सर्पले टोकेर मृत्यु भएको हो।
उनलाई शुक्रबार राति २ बजेतिर सर्पले डसेको थियो। उनलाई सेती अञ्चल अस्पतालमा उपचारका लागि पुर्याइए लगत्तै डाक्टरले मृत घोषणा गरेको उनका बुबाले बताए।
करणा सरस्वती मावि उदासीपुर कक्षा ८ मा अध्ययनरत थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४