काठमाडौं - काठमाडौंको सिंहदरबार वृत्तको हिरासत थुनामा रहेको दुई अभियुक्त फरार भएका छन्। चोरी अभियोगमा थुनामा रहेका मदन तामाङ र परिचय नखुलाइएका अर्का एक जना गयराति फरार भएका प्रहरीले जनाएको छ। भाग्ने क्रममा अन्य दुईलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
कैदीले भेन्टिलेसन तोडेर भागेका हुन्। चोरी अभियोगमा पक्राउ परेका दुई कैदी फरार भएको र उनीहरुको खोजी जारी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४