बिहीबार, वैशाख १३, २०८१

धादिङ बस दुर्घटना : रातभर एउटै चालक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशीत अधिकांश राष्ट्रिय दैनिकले फरक फरक विषयलाई प्राथमिकतामा राखेका छन्। 

नयाँ पत्रिकाले यस्तो हुँदै छ सागको तयारी शीर्षकमा खेलकुदको समाचारलाई प्राथमिकतामा राखेको छ भने नागरिकले कैदीलाई प्रजनन अधिकार, कान्तिपुरले रातभर एउटै चालक, अन्नपूर्णले धादिङमा वर्षमै १४४ दुर्घटना शिर्षकका समाचारलाई प्राथमिकतामा राखेका छन्। 

समिम मियाँ अन्सारी बिहीबार साँझ ना ६ ख ७४६९ सृष्टि डिलक्स चढेर व्यापारका समान खरिद गर्न काठमाडौं जाँदै थिए। उनी सर्लाहीको मलंगवा ३ का स्थानीय व्यापारी हुन्। 'सदरमुकाम मलंगवाबाट ४० यात्रु बोकेर छुटेको बसमा हरिपुर नगरपालिकाबाट दुई यात्रु थपिए। १४ किमि वर हरिवनसम्म सवारीधनीले नै बस चलाए। हरिवनस्थित पेट्रोल पम्पमा तेल हालेपछि भने चालक जीवन विकले हाँक्न थाले। बिहानीपख बस तीव्र गतिमा गुडिरहेको थियो, सायद म मस्त निदाएको थिएँ क्यारे', समिमले त्यो क्षण सम्झिए, 'एक्कासि गड्याङगुडुङ आवाज आयो। के भयो, केही मेसो पाइनँ। आँखा खुल्दा पानीमा डुबिरहेको थिएँ। बसबाट बाहिर उछिट्टिसकेको रहेछु।'

गजुरीस्थित जिल्ला ट्राफिक कार्यालयका निरीक्षक नेत्रप्रसाद भट्टले घाइते सर्लाही हरिपुर ७ का भोगेन्द्र चौधरीको बयान उद्धृत गर्दै भने, बस तीव्र गतिमा थियो। बसधनीले  पालो दिएको हरिवनबाट दसर्घटनास्थल धादिङको बेनीघाटसम्मको दूरी करिब २५१ किलोमिटरसम्म चालक एक्लैले हाँकेका थिए। सडक सजिलै भएको स्थानमा दुर्घटना भएकोले बिहानीपखको शीतलतामा चालक निदाएको हुन सक्ने अनुमान घाइतेहरुले गरेका निरीक्षक भट्टले बताए।

शुक्रबार भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या नौं पुगेको छ।

यसैबीच यसै दुर्घटनाको विषयमा अन्नपूर्ण पोष्टले पछिल्लो एक वर्षमा धादिङमा १ सय ४४ दुर्घटना भएका जसमा परि ९८ जनाले ज्यान गुमाएका, १ सय ९१ गम्भीर घाइते भएका र २ सय २० सामाँय घाइते भएका जनाएको छ। 

यस्तै नयाँ पत्रिकाले यस्तो हुँदै छ सागको तयारी शीर्षकमा समाचार प्रकाशन गरेको छ। 

१५ मंसिरदेखि काठमाडौंमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदै छ। १० दिनसम्म चल्ने प्रतियोगितामा नेपालमा २० वर्षपछि हुन लागेको हो। प्रतियोगिताका २७ वटै खेलका खेलाडी अहिले अभ्यासमा छन्। भारतमा भएको १२ औं सागमा ३ गोल्ड मेडल मात्रै जितेको नेपाललाई यसपालि घरेलु मैदानमा ठूलो दबाब रहेको छ। हरेक दुई वर्षमा हुनुपर्ने प्रतियोगिता २० वर्षमा चारपटक मात्रै भएको छ। प्रतियोगिताका लागि प्रशिक्षणमा एक हजार दुई सय खेलाडी रहेका छन्। यस्तै संरचना निर्माणमा मात्रै यस वर्ष ४९ करोड खर्च भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।