बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एसियन कंक्रिटो प्रा.लि. को 'एक्सपिरियन्स सेन्टर' टेकुमा

एसियन कंक्रिटो प्रा.लि. को 'एक्सपिरियन्स सेन्टर' टेकुमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – एसियन कंक्रिटो प्रा.लिको एक्सपिरियन्स सेन्टर टेकुमा खुलेको छ। उक्त सेन्टरको एक कार्यक्रमका बीच वृज सिमेन्ट इ.प्रा.लि.का अध्यक्ष तारा चन्द केडियाले गरेका थिए।

वि.सं. २०७४ सालमा भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुई १६ मा स्थापना  भई २०७५ श्रावण महिना देखि यसले उत्पादन सुरु गरेको हो।

यो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो। मासा कम्पनि भनेको विश्वमा ब्लक उत्पादन गर्ने उपकरण बनाउने कम्पनि मध्ये सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनि हो। जसले यूरोप, मध्यपूर्वी देशहरु, उत्तर तथा दक्षिण अमेरिका सहित अन्य सबै देश तथा भारतमा पनि ब्लक बनाउने उपकरण सप्लाईको साथसाथै निरन्तर रुपमा सेवा दिदैं आएको छ। हाम्रो छिमेकी मुलुक भारतमा ३ वटा ठाउँमा मात्र यसले मेसिन (उपकरण) सप्लाई गरेको छ ।

उद्योगबाट उत्पादन हुने विभिन्न प्रकारका उत्पादनहरु जस्तै पेभर्स, व्लक, ईटा, कर्वस्टोन, होलोव्लक भैरहवा, बुटवल बाहेक, काठमाडांै, पोखरा, चितवन, हेटौडा, नेपालगञ्ज, धनगढी, लुम्बिनी, लगायतका धेरै क्षेत्रमा गइरहेको छ। ‘राष्ट्रको विकाश निर्माणमा गुणस्तरीय सामानको प्रयोग’ भन्ने नारा तय गरी अघि बढेको कम्पनीले उद्योगमा लगभग २०० करोड पहिलो चरणमा लगानी भइसकेको र दोश्रो चरणमा पनि त्यती नै वा सो भन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएको छ। उद्योगको उत्पादन क्षमता एकदिनमा ५०० टन रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्