बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजस्व छली गर्ने अनिल ट्रेड कन्सर्नलाई २५ करोड जरिवाना

राजस्व छली गर्ने अनिल ट्रेड कन्सर्नलाई २५ करोड जरिवाना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - आन्तरिक राजस्व विभागले राजस्व छली गर्ने अनिल ट्रेड कन्सर्नलाई २५ करोड रुपैयाँ जरिवाना गरेको छ। 

नेपालमा सामसुङ र सोनी टिभीको एसेम्बल गरी बिक्री गर्दै आएका अनिल केडियालाई राजस्व छली गरेको आरोपमा आन्तरिक राजस्व कार्यालय न्यूरोडले २५ करोड रुपैयाँ जरिवाना गरेको हो। अनिल ट्रेड कन्सर्नले विभिन्न कर्मचारीको नाममा कम्पनी दर्ता गरी विदेशबाट टिभीका पार्टपूर्जा आयात गर्दै सामसुङ र सोनी ब्राण्डका टिभी बनाएर बिक्री गर्दै आएको थियो। 

राजस्व छली गरेको गोप्य सूचनाको आधारमा विभागले अनिल ट्रेड कन्सर्न माथि छापामारी आर्थिक वर्ष २०६८/६९ देखि आब २०७६/७७ सम्मको कागजात नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। उक्त कागजातको आधारमा ४० करोड रुपैयाँको कारोबार रकम कर नतिर्ने उद्देश्यले छलि गरेको राजस्व कार्यालयले जानकारी दिएको छ। जसमा आयकर वापत करिब ९ करोड रुपैयाँ र मूल्य अभिवृद्धि कर वापतको जरिवाना रकम समेत गरी १६ करोड २२ लाख रुपैयाँ गरी कुल २५ करोड रुपैयाँ राजस्व छली गरेको राजस्व कार्यालयले जानकारी दिएको छ।

उक्त रकम तिर्नका लागि न्यूरोडको पिनट विल्डिङमा रहेको अनिल ट्रेड कन्सर्नलाई पत्र बुझाउन कर्मचारी जाँदा लिन नमानेकाले हुलाकमार्फत पत्र पठाइएको समेत आन्तरिक राजस्व कार्यालय न्यूरोडले जानकारी दिएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।