शुक्रबार, वैशाख १४, २०८१

भारतीय कम्युनिष्ट नेता येचूरी पनि कश्मीर जान पाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- कश्मीर जान लागेका भारतीय कम्युनिष्ट नेता सीताराम येचूरीलाई प्रहरीले श्रीनगर एअरपोर्टमै रोकेको छ। 

आफ्ना नेता तथा कार्यकर्ताहरुलाई भेट्न जम्मू–कश्मीर जान लागेका येचूरीलाई श्रीनगर एयरपोर्टमा रोकिएको कम्युनिष्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) ले जनाएको छ। महासचिव येचूरी र भारतीय कम्युनिष्ट पार्टीका महासचिव डी.राजालाई श्रीनगर एयर पोर्टमा सुरक्षाकर्मीले रोकेको हो।

भारतीय समाचार संस्था पीटीआईसँगको कुराकानीमा येचूरीले प्रहरीले आफूहरुलाई श्रीनगर एयरपोर्टमा रोकेको जनाएका छन्।  उनले भनेका छन् 'सहरभित्र कसैलाई प्रवेश गर्न नदिने सूचना देखाएर हामीलाई हिरासतमा लिइएको छ।’

येचूरी र राजाले राज्यपाल सत्यपाल मलिकलाई  एकदिन अगावै लेखि आफूहरु आउन लागेको जानकारी गराएका थिए।

यसअघि विहीबार कांग्रेस सांसद गुलाम नवी आजादलाई पनि सुरक्षाकर्मीले एअरपोर्टबाट फिर्ता पठाएको थियो।

भारतले जम्मू कश्मीर राज्यलाई दिंदै आएको विशेषाधिकार हटाएर केन्द्रशासित दुई प्रदेशमा विभाजन गरेपछि त्यहाँ दुई पूर्व मुख्यमन्त्री सहित ५०० जनाभन्दा बढी राजनीतिक नेता कार्यकर्तालाई हिरासतमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

अहिले जम्मु कश्मीरमा मानिसहरुलाई खुला हिंडडुलमा रोक लगाइएको छ भने इन्टरनेट, मोबाइल र अन्य सञ्चारमाध्यमहरु पनि बन्द गराइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।