बुधबार, वैशाख १२, २०८१

नक्कली पैसाको बिगबिगी : नोट छाप्ने मेसिनसहित ४ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- धनगढीबाट नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

कैलाली प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिका–१ को नैनादेवी टोलबाट चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भनिने खगेन्द्र रजवार, सोही वडाकै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

खड्काबाहेक तीनजनालाई फरकफरक मितिमा धनगढीबाट पक्राउ गरिएको र खड्कालाई सिआइबी टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ। यस्तै छापेर काट्न बाँकी नेपाली पाँच सय दरका ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ।

यस्तै माथिल्लो अगाडिको भाग मात्र छापिएको ३० नोट, पछाडिको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडिको भाग छापिएको १२ नोटसहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
 
विभिन्न हिसाबकिताब लेखिएको डायरी, कैँची, स्केल, मोबाइल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको स्ट्रयाम्प पनि बरामद गरिएको छ। पक्राउ परेकाहमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको गिरीले जानकारी दिए।
  
यस्तै प्रहरीले यसअघि नक्कली नोटसहित पक्राउ परेका थप तीन जनालाई पनि सार्वजनिक गरेको छ। नक्कली नोटसहित पक्राउ परेका कैलारी गाउँपालिका-५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी र अवैध भारतीय रुपैयाँसहित पक्राउ परेका भारतको लखिमपुर खिरी बस्ने श्रवणकुमार सिंह र सोही ठाउँका गुरुजित सिंहलाई प्रहरीले सार्वजनिक गरेको हो।

केही समययता कैलालीका विभिन्न स्थानमा नेपाली र भारतीय नक्कली नोट भेटिएपछि प्रहरी खोजीमा सक्रिय बनेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।