शुक्रबार, वैशाख १४, २०८१

नेपालगन्जमा भिषण आगलागी, ३ करोडको क्षती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
बाँके- नेपालगन्जको बिपीचोकमा भीषण आगलागी भएको छ। बिहीबार राति सवा ११ बजे लागेको आगोबाट आठ वटा फर्निचर उद्योगहरु जलेर खरानी भएको प्रहरीले जनाएको छ । 

ए वान फर्निचरबाट सुरु भएको आगो करिब ५ घण्टापछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार बिहान ४ बजे आगो नियन्त्रणमा आएको छ । तीन वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 

आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको र क्षतिको विवरण पनि संकलन गर्ने काम भइराखेको जनाइएको छ । आगलागीमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।