एजेन्सी- जर्मन च्याम्पियन बायर्न म्युनिखले क्लब मैत्रीपूर्ण खेलमा तल्लो श्रेणीको जर्मन क्लब रोताक एगर्नलाई २३-० ले पराजित गरेको छ । बिहीबार राती भएको खेलमा बार्यनका १० खेलाडीने नै गोल गर्दै एगर्नलाई २३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
बार्यनको जितका लागि ५ खेलाडीले ह्याट्रिक पूरा गरे । मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गरे । उनले ३८, ४० ४१ र ४२ मिनेटमा गोल गरे । रोबर्टो लेवानडोस्कीले ९, १६ र २९ मिनेटमा गोल गर्दा थोमस मुलरले ४९, ६१ र ८८ मिनेटमा गोल गरे ।
क्वासी ओकेरे ५५, ७७, ८३ र लियोन गोरेट्जकाले ६३, ६७, ७९ मिनेटमा ह्याट्रिक पुरा गरे । बायर्नले खेलको छैटौं मिनेटमा रेनाटो सान्चेसको गोलमा अग्रता लिएको थियो । त्यसको एक मिनेटमा नै लिओन जुआकुले अग्रता दोब्बर पारे ।
सान्चेसले २० औं तथा सर्ज गनाब्रीले ३४ औं मिनेटमा गोल गरे । पहिलो हाफमा ११-० को अग्रता लिदा दोस्रो हफमा थप ११ गोल र एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो ।
७३ औं मिनेटमा लार्स दिट्रिकले आत्मघाती गोल गरेका थिए । गत सिजन यसै टोलीविरुद्ध बायर्नले मैत्रीपूर्ण खेलमा २०-२ को जित निकालेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४