धादिङ- सर्लाहीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशुली नदिमा खसेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदिमा बस खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ः३० बजेको समयमा त्रिशुली नदिमा खसेको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । उनका अनुसार मृत्यु हुने तीनै जना पुरुष रहेको र उनीहरुको परिचय खुल्न सकेको छैन् ।
बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। जसका कारण केहि व्यक्तिहरु बेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४