शुक्रबार, वैशाख ७, २०८१

ट्याक्टर दुर्घटनामा बैंकका सहायक म्यानेजरको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा बैंकका सहायक मेनेजरको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–४ रतनी घर भइ हाल डडेल्धुरा सदरमुकाममा बस्ने  २८ वर्षीय सुरेश विष्ट रहेका छन् । 

विष्ट कुमारी बैंक डडेल्धुराका सहायक म्यानेजर तथा रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका  ‘एकाउन्टेन्ट’ पदमा कार्यरत थिए ।

अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको थियो।

ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन्। 

उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो। उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी न्यौपानेले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।