एजेन्सी- स्पनिस ला लिगा क्लब बार्सिलोनाले इटालीय सिरी ए क्लब नेपोलीलाई पराजति गरेको छ । बिहीबार बिहान भएको अन्तर्राष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा बार्सिलोनाले नेपोलीलाई २-१ गोलले पराजीत गरेको हो ।
बार्सिलोनाको जितका लागि सर्जिओ बुस्केट र इभान राकिटीकले गोल गरे भने नेपोलीले एक गोल आत्माती उपहार पाएको थियो । खेलको ३८ औं मिनेटमा सर्जिओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा बार्सिलोनाका समुएल उमटीटीले आत्मघाती गोल गरेपछि खेल पहिलो हाफमा १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गर्दा राकिटिकले गरे ।
उनले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अन्तर्राष्ट्रिय क्लब मैत्रिपूर्ण खेलमा २-१ ले जित दिलाए । अब अर्को खेल बार्सिलोनाले नेपालीसँगनै शनिबार राती खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४