शनिबार, वैशाख ८, २०८१

सुष्मा स्वराजको त्यो प्रतीक्षा र यो अन्तिम ट्‍विट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भारतकी प्रभावशाली नेतृ  तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो जीवनको प्रतीक्षा भन्दै मंगलबार एउटा ट्‍विट गरिन् ।

कश्मीरलाई दिएकाे विशेष अधिकार खोस्ने भारत सरकारकाे निर्णयको प्रंशसा गर्दै उनले लेखेकी थिइन्- 'प्रधान मंत्री जी आपका हार्दिक अभिनन्दन। मैं अपने जीवन में इस दिन को देखने की प्रतीक्षा कर रही थी।' अर्थात्  ‘प्रधानमन्त्रीजी, तपाईंलाई हार्दिक अभिनन्दन। मैले आफ्नो जीवनमा यही दिन हेर्ने प्रतीक्षा गरेकी थिएँ।’ 



जसरी उनको प्रतीक्षा सकिएको थियो उसैगरी ट्विट गरेको करिब ३ घण्टापछि उनको जीवनलीला सकिएको छ । मंगलबार बेलुका ७ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदैै ट्विट गरेकी उनको राति साढे १० बजे निधन भयो । 

स्वराजको निधन हुनुभन्दा ३ घण्टाअघि लेखिएको यही ट्विट नै उनको अन्तिम राजनीतिक टिप्पणी बन्न पुग्यो। आफ्नो ४० वर्षे राजनीतिक यात्रालाई विश्राम दिंदै स्वराजले ६७ वर्षको उमेरमा संसार छोडिन्।

मुटुमा एक्कासि समस्या देखिएपछि उनलाई एम्स अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै आकस्मिक कक्षमा लगिएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

पूर्व विदेशमन्त्री स्वराजको काश्मीरको विशेष अधिकार खोसिएको हेर्ने इच्छा त पूरा भयो । तर, त्यसमा खुसी भने मनाउन पाइनन् । 

भारत सरकारले जम्मु कश्मीरका लागि संविधानमा गरिएको विशेष व्यवस्था सोमबार खारेज गरेको थियो । मुस्लिम बाहुल्य जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० भारतीय राष्ट्रपतिले रामनाथ कोविन्दको आदेशबाट खारेज गरिएको थियो  । 

को हुन् सुष्मा स्वराज ?

सन् ७० को दशकमा जयप्रकाश नारायण गायतका समाजवादी नेताहरुसँगको निकटताबाट सुष्मा स्वराज राजनीतिमा तानिएकी थिइन्। 

तर सन् १९७७ मा इन्दिरा गान्धीले घोषणा गरेको इमर्जेन्सीविरुद्धमा अग्रपंक्तिमा रहेर संघर्ष गरिन्। त्यसपछि उनी भारतीय जनता पार्टीमा आबद्ध भइन्। र, उनी त्यही पार्टीबाट विदेशमन्त्रीसम्म बनिन् ।

सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणाबाट चुनाव लडेकी सुषमा सन् २०१४ देखि २०१८ सम्म भारतको विदेशमन्त्री भएकी थिइन् । भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्रीसमेत भएकी थिइन्।

भारतीय जनता पार्टी र भारतीय राजनीतिमा उनको विशिष्ट प्रभाव रह्यो। झण्डै चार दशकको राजनैतिक यात्रामा उनले धेरै पटक निर्वाचन लडिन्। ३ पटक विधानसभा सांसदको रुपमा र ७ पटक लोकसभा सांसदको रुपमा निर्वाचन जितिन्।

पहिलो पटक हरियात्राबाट विधानसभामा निर्वाचित भएपछि स्वराज २५ को उमेरमा राज्यमन्त्री बनेकी थिइन्।   स्वास्थका कारण उनी गत २०१९ को निर्वाचनमा सहभागी भइनन्। 

सुष्मा स्वराजको जन्म सन् १९५३ फेब्रुअरीमा पंजाबस्थित अम्वाला सहरमा भएको थियो। उनले एसडी कलेजबाट स्नातक र पंजाब विश्वविद्यालयबाट कानुनमा डिग्री लिएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।