क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ। राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ।
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो।
मोजाम्बिकको पूर्व विद्रोही समूह रेनामोले मापुतोको सरकारसँग अन्तिम शान्ति सम्झौतामा मंगलबार हस्ताक्षर गर्ने भएको छ। हाल मुख्य विपक्षी पार्टीका रुपमा रहेको रेनामोले सम्झौतामा हस्ताक्षर गरेसँगै २७ वर्षदेखि जारी राजनीतिक असमझदारी समाप्त हुनेछ। सन् १९९२ मा गृहयुद्ध अन्त्य भएदेखि रेनामो र हाल सत्तारुढ दलबीच दुई पटक शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको छ।
भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवाल जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दा कम्तीमा नौं बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ। तेहरी गर्हवाल जिल्लाको कङ्गसाली गाउँको मदान नेगी रोडमा स्थानीय समयानुसार साढे ७ बजे सो घटना भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएला सरकारको सम्पूर्ण सम्पत्ति रोक्का राख्न सोमबार आदेश दिएका छन्। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको कार्यशैलीको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले भेनेजुएला सरकारसँग कुनै पनि कारोबार नगर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। अमेरिकी अखबार वालस्ट्रिट जर्नलका अनुसार विगत ३० वर्षको अन्तरालमा अमेरिकी महादेशभित्र अमेरिकाले गरेको यस किसिमको यो पहिलो आदेश हो। अमेरिकाले हाल उत्तर कोरिया, इरान, सिरिया र क्युवाकै हाराहारीमा भेनेजुएलालाई राखेको छ।
अफगानिस्तानमा तालिबान लडाकू समूहले अफ्गान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ। सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ। यस अगाडिका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए। यस वर्ष त चुनावी हिंसा सुरु भइसकेको छ। अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ। तर यसको चहलपहल सुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन्।
भारतीय संसदमा जम्मु कश्मिर राज्यलाई दुईवटा केन्द्र शाशित राज्यमा बाड्ने विधेयक लोक सभाबाट पारित भएको छ। यस विधेयकका विरुद्ध प्रसस्त विरोधका स्वरहरु पनि सुनिएका थिए। तर, सरकारले वहुमतबाट यो विधेयक पारित गरेको छ।
दक्षिण कोरीया र जापानबीचको सम्बन्ध ऐतिहासिक भएका कारण यसलाई थप विग्रनबाट बचाउन दुवै मुलुकका सरकारहरुले सचेततापूर्वक दुई पक्षीय हितका लागि काम गर्नुपर्ने जापानी प्रधानमन्त्री आवेले बताएका छन्।
इरानी सरकारले यदी अमेरिकाले संवेदनशीलता अपनाउने हो भने विना सर्त दुई पक्षीय वार्तामा आउनुपर्ने बताएको छ।
युक्रेन र अमेरिकाले युद्धबन्दीहरु र लडाईमा हराएका सेनालाई खोजी कार्य गर्ने दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४