शनिबार, वैशाख ८, २०८१

किन गयो प्राइम बैंकका सिइओको जागिर ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलरका कारण प्राइम बैंकका प्रमूख कार्यकारी अधिकृत (सिइओ) को जागिर गएको छ। 

बैंक स्थापनाकालदेखि नै सिइओ रहेका नारायणदास मानन्धरको जागिर सोमबार जारी गरेको राष्ट्र बैंकको सर्कुलरका कारण गएको हो। उनलाई बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले चौथो कार्यकालको लागि मानन्धरलाई सिइओ नियुक्त गरेको थियो। 

राष्ट्र बैंकले गत सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई सर्कुलर जारी गर्दै ६५ बर्षभन्दा माथिको व्यक्ति सिइओ नियुक्त हुन पाउदैनन् भने वहालवाला सिइओको हकमा ६९ बर्ष उमेर पुगेका व्यक्ति सिइओको रुपमा बस्न नमिल्ने निर्देशन जारी गरेको छ। प्राइमका सीइओ मानन्धर ७४ वर्षका छन्। त्यसैले राष्ट्र बैंकको परिपत्रसँगै उनको जागिर गएको हो। 

हुन त बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ मा सिइओको दुई कार्यकाल मात्र हुने व्यवस्था छ तर सो ऐन लागुभएपछिको मात्र दुई कार्यकाल भनी व्याख्या गर्दै बैंकले मानन्धरलाई नै सिइओको रुपमा दोहोर्याएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्