ब्राजिल – ब्राजिलको रियो दि जेनेरियोमा अवस्थित जेलमा अनौठो घटना घटेको छ । उक्त जेलका एक कैदीले आफ्नै छोरीको भेष गरेर भाग्ने प्रयास गरेका छन्। तर, भाग्ने क्रममा उनी पुनः समातिए।
उनी हुन्, ४१ वर्षीय क्लोविनो द सिल्भा। सिल्भा लामो समयदेखि लागुऔषध ओसारपोसारको अभियोगमा कैदी जीवन विताइरहेका थिए।
सिल्भाकी १९ वर्षकी छोरी जेलमा भेट्न आएकी थिइन्। सोही समयमा, सिल्भाले नक्कली कपाल तथा सिलिकन गर्ल मास्क पनि पहिरिएका थिए।
नक्कली कपाल, टाइट जिन्स प्यान्ट, चप्पल, कोट तथा चस्मा लगाएको पहिरनमा सिल्भा किशोरी जस्तै देखिएका थिए। तर, उनको हिडाइका आधारमा जेलका सेक्रेटरीलाई शंका भए पछि उनी समातिएका थिए।
भाग्ने क्रममा सिल्भाले आफ्नी छोरीलाई भने जेलमै छोडेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४