शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धनगढी बिस्फोट काण्ड : घाइते सेरेला प्रहरी नियन्त्रणमा   

धनगढी बिस्फोट काण्ड : घाइते सेरेला प्रहरी नियन्त्रणमा   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी -  साउन २ गते धनगढीमा भएको बम बिष्फोटका घाइते लक्ष्मण सेरेलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको बेलडाँडीका सेरेलालाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले पक्राउ गरेको हो। 

उनको उपचार पनि प्रहरीको निगरानीमै भइरहेको थियो। सेरेला प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन्। उनलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

धनगढी उपमहानगरपालिका-४ को शहिद गेट नजिकै रहेको निलम होटलमा बम विस्फोट हुँदा बझाङ जयपृथ्वी नगरपालिका–४ का रामबहादुर सिंहको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए। यसअघि बम बिस्फोटमा परि घाइते भएका भारतीय नागरिक मोविन खानलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ। 

बिस्फोट हुँदा धनगढी-४ का स्थानीय एवं अण्डा तथा कुखुरा व्यवसायी संघ कैलाली अध्यक्ष जितेन्द्र यादव र होटल सञ्चालक केशवराज पाण्डे पनि घाइते भएका थिए। मृतक सिंहले टिफिन बक्समा फिट गरेको बम झोलामा राखेर पिठ्युमा बोक्दै होटलमा आएको र भित्तामा ठोक्किएपछि बम बिस्फोट भएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।