शुक्रबार, वैशाख १४, २०८१

नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले जम्मु कश्मीरलाई दिइएको विशेष राज्य भारतले खारेज गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
नागरिक दैनिकले जम्मु कश्मीर विशेष राज्य रहने शीर्षकमा खबर छापेको छ भने कान्तिपुरले मोदीको कडा कदमः जम्मु कश्मीरका विशेषाधिकार खोसिए शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले जम्मु कश्मीर अब केन्द्रशासित शीर्षकमा खबर छापेको छ भने नयाँ पत्रिकाले कश्मीरमा भारतको जोखिमपूर्ण कदम शीर्षकमा खबर लेखेको छ ।
 
भारत सरकारले सोमबार जम्मु कश्मीरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।

मुस्लिम बाहुल्य जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् । अब जम्मु कश्मीर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुनेछ ।
 
यस राज्यमा नागरिकले दोहोरो नागरिकता राख्न पाउने छैनन् । सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ । संविधानको धारा ३७० खारेजसँगै जम्मु कश्मीरबाट लद्दाखलाई अलग गरिएको छ । राष्ट्रपतिको आदेशमा लद्दाखलाई केन्द्र शासित प्रदेश बनाइएको छ ।

कश्मीर मामिलामा सरकारले गरेको निर्णयमा भारतीय जनमत पक्ष र विपक्षमा उभिएको छ । केहीले सरकारको पक्षमा खुलेर समर्थन गरेका छन् भने केहीले कश्मीर समस्या विकराल हुने भन्दै आपत्ति जनाएको आजका पत्रपत्रिकाले लेखेका छन् ।

यो बाहेक आजको कान्तिपुर दैनिकले सत्तारुढ दल नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा खडा भएको खुलासा गरेको छ ।

कानुनविपरित भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई कार्यालय सञ्चालन गर्न दिएको खुलासा भएको हो ।

सरकारबाट भोगाधिकार प्राप्त निकायले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन । तर, नेकपाको पार्टी कार्यालयको हकमा त्यहि काम गरिएको छ । ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१’ अनुसार भोगाधिकार प्राप्त संस्थाले तेस्रो पक्षलाई सरकारी जग्गा दिए तत्काल जफत हुन सक्ने प्रावधान छ ।
 
तर भाडा बुझाई राखेको भन्दै भोगाधिकार प्राप्त संस्थाबाट नेकपाले लिजमा पार्टी कार्यालय राखेको छ। नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बताएका छन् ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार प्रतिष्ठान सञ्चालनका लागि २०६३ मंसिर २१ गते सरकारी स्वामित्वको उक्त जग्गा भोगाधिकारका लागि दिइएको थियो ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृपासुर शेर्पाका अनुसार सुरुमा ३ वर्षको सम्झौता गरेर एमालेलाई पार्टी कार्यालय सञ्चालन गर्न दिइएको थियो । शेर्पा नै अध्यक्ष रहेका बेला नेकपासँग सम्झौता भएको हो ।

सरकारसँगको भोगाधिकार तथा लिज सम्झौताविपरीत प्रतिष्ठानले २०७२ साउन २३ गते तत्कालीन एमालेलाई पार्टी कार्यालय राख्न सरकारी जग्गा तथा त्यसमा बनेको भौतिक संरचना उपलब्ध गराएको समाचारमा उल्लेख छ ।
 
नागरिक दैनिकले वर्षा लागेसँगै सडकमा पहिरोको वितण्डा बढ्ने गरेको विषयलाई पनि महत्वका साथ छापेको छ । सरकारी जग्गा निजी बनाएर बेच्ने महन्तलाई अझै जिम्मेवारी मुक्त नगरेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण र नयाँ पत्रिकाले २६ दिनपछि संसद्को अवरोध हटेको विषयलाई महत्वका साथ पहिलो पृष्ठमा छापेका छन् ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।