बिहीबार, वैशाख १३, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् ।

अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा हवाई कारबाही भएको थियो । गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो ।

२.  इजिप्टको राजधानी कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।
 
इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेशनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् । 

३. भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष व्यवस्था खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।

मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् ।

४. मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकाको एल पासोमा भएको गोलीकाण्डलाई मेक्सिकोका नागरिकले आतंकवादी कार्यका रुपमा लिएको बताएका छन् । उनले एल पासो गोलीकाण्डमा केही मेक्सिकाली नागरिकको पनि मृत्यु भएकाले गोली चलाउने व्यक्तिलाई मेक्सिको सुपुर्दगी गर्न अमेरिका समक्ष आग्रह गरिने जानकारी दिएका छन् ।

५. बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताएका हुन् ।

६. नाइजेरियाको एक अदालतले जेलमा रहेका सिया नेतालाई उपचारका लागि भारत जानेगरी धरौटीमा रिहा गरेको छ । 

नाइजेरियामा गैरकानूनी घोषणा गरिएको इरान पक्षधर स्लामिक आन्दोलनका नेता इब्राहिम ज्याकज्याकीको स्वास्थ्यको समस्याप्रति चासो व्यक्त गर्दै उनको समूहले रक्तपातपूर्ण आन्दोलनको सिर्जना गरेपछि उनलाई भारत गएर उपचार गराउन अनुमति मिलेको उनका वकील फेमी फालानाले एएफपीलाई जानकारी गराए ।

७. श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ ।

८. लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो ।

९. चिनियाँ चिकित्सकहरुको तेह्रौँ टोली पूर्वी अफ्रिकी राज्य इरिट्रयातर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।
उक्त टोलीले त्यसक्षेत्रमा स्वास्थ्य अधिकारीहरुसँग मिलेर स्थानीय तहमा आधारभूत औषधि उपचार एवम् शल्यक्रियाको सुविधा प्रदान गर्ने चीनको हेनान प्रान्तका अधिकारीहरुले बताएका छन् ।

१०. इजिप्टका राष्ट्रपति अल सीसी र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच दुई पक्षीय हितका साथै मध्यपूर्व एवम् उत्तर अफ्रिकी क्षेत्रका क्षेत्रीय सरोकारका विषयहरुमा फोनवार्ता भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।