शुक्रबार, वैशाख ७, २०८१

डेंगु नभएका विरामीलाई डेंगु लागेको रिपोर्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- इटहरी र धरानमा डेंगुको त्रास अझै कायम छ। सामान्य रुघाखोकी लाग्नासाथ स्थानीयहरु डेंगुको परीक्षण गराउन स्वास्थ्य संस्थामा जाने गरेका छन्। यस्तै गरे इटहरीका युवा रेवती निरौलाले पनि।

निरौलालाई साउन १६ गतेदेखि सामान्य रुघाखोकी र ज्वरो आयो। त्यसपछि  उनी डेंगु भए नभएको बुझ्न इटहरीमा रहेको इटहरी मेडिकल एन्ड स्वाथ्य उपचार क्लिनिक पुगे। रगत जाँच गराउँदा रिर्पोटमा उनमा डेंगुको संक्रमण भएको भनियो।

निरौलाले डेंगु भएको कुरामा विश्वास गरेनन् र सोही दिन साँझ ६ बजे इटहरी अस्पतालमा पुनः रगत परीक्षण गराए। अस्पतालको रिपोर्टमा डेंगु देखिएन।

सरकारी अस्पतालमा जचाँउदा डेंगु नदेखिनु र निजी क्लिनिकमा देखिनुले निरौला अलमलमा परे। निरौलाले १८ गते पुनः इटहरी मेडिकलमा गएर फेरि रगत परीक्षण गराए। यसपाली रिपोर्टमा डेंगु देखिएन।

एउटै क्लिनिकबाट दुईखाले रिपोर्ट आएपछि निरौलाले क्लिनिकका बरिष्ठ डाक्टर संजय कुमार राठीसँग कुरा गरे।

ल्याब रिपोर्ट भन्दा लक्षणहरु हेरेर आफूले उपचार गराउने बताएका राठीलाई उधृत गर्दै निरौलाले भने, ‘कहिलेकाँही गलत रिपोर्ट आउँछ। पहिले पनि आएको थियो। अरु ल्याबहरुमा पनि आउँछ। यो भन्दा गम्भिर प्रकृतिको चेकजाँचमा पनि गलत रिपोर्ट आएका उदाहरण छ।’

यता, इटहरी मेडिकल क्लिनिकमा म्यानेजर देबेन्द्र बस्नेतले भने मेडिकल किटका कारणले केही समस्या भएर फरक रिपोर्ट आएको बताए। 

बस्नेतले भने, ‘अन्य रिपोर्ट मेसिनबाट आउँछ भने डेंगुको रिपोर्ट कार्डबाट आउँछ। त्यो कार्डमा सामान्य कमजोरी हुँदा डेंगु नभए पनि भएको रिपोर्ट आएको हुनसक्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।