काठमाडौं - सर्लाहीमा प्रहरीको गोलीले मारिएका विप्लव समूहका नेता कुमार पौडेल तथा सडक आन्दोलन गर्दा मारिएका सरोजनारायण सिंहको विषयमा अध्ययन गर्न संसदीय समिति गठन भएको छ।
नयाँ बानेश्वरस्थित संसद भवनमा भएको सर्वदलीय छलफलमा समिति गठन गर्ने निर्णय भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्गको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको हो।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका अनुसार उक्त समितिले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक नभएको विषयमा पनि अध्ययन गर्नेछ। उक्त समितिले अध्ययन पछि संसदमा जानकारी गराउनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४