काठमाडौं - त्रिभुवन विमानस्थल कार्यालयले चार केजी सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट काठमाडौ आएको ड्रागन एयरको फ्लाइट नम्बर के ए १०४ नम्बरको विमानबाट नेपाल आएका २३ वर्षीय ली निङ जीको साथबाट चार केजी सुन बरामद भएको विमानस्थल कार्यालयले जनाएको छ। उनी आइतबार राति १० बजे पक्राउ परेका हुन्।
लीको लगेज एक्सरे गर्दा कालो रङको बेल्टमा चारवटा सुनका बिस्कुट फेला परेको थियो। प्रत्येक बिस्कुट एक एक किलोका रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। पक्राउ परेका लीको थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४