बिहीबार, वैशाख १३, २०८१

पर्सामा चार आपराधिक घटना, कारण महिला–पुरुष सम्बन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगञ्ज- गएको २० दिनमा मात्र पर्सामा प्रेमसम्बन्ध र अपराधसँग जोडिएका चारवटा घटना भएका छन्। जसमा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

‘अनैतिक’ सम्बन्ध राख्न, प्रेम पाउन र प्रेमिका वा प्रेमिमाथि शंकाकै आधारमा हत्या गर्ने जस्ता प्रवृत्ति बढ्न थालेको प्रहरीको भनाइ छ। युवा पिढीमा बढ्दो निराशा, अविश्वास र त्यसबाट सिर्जित मनोविकारले पनि अपराधका घटनाहरु बढ्दै गएको पर्सा प्रहरीको ठहर छ। 

गर्भपात गराउँदा मृत्यु, प्रेमी पक्राउ 

सीमापारी रक्सौलको कौडिहार चोकमा असार १५ गते एकजना नक्कली डाक्टरसँग गर्भपतन गराएकी पोखरिया नगरपालिकाकी १५ वर्षीया युवतीकोे उपचारको क्रममा ४ साउनमा मृत्यु भयो। 

मृतक किशोरीका २० वर्षीय प्रेमी सिकिन्द्र चौहानसँगको शारीरिक सम्बन्धबाट सात महिनाको गर्भ बसेपछि उनले किशोरीलाई गर्भपतन गराउन रक्सौल लगेको पत्ता लागेको प्रहरीले जनाएको छ। 

अप्रशिक्षित व्यक्तिबाट असुरक्षित गर्भपतन गराउँदा झन् विरामी भएपछि युवतीलाई उपचारका लागि वीरगंज हेल्थ केयर अस्पताल  ल्याइएको थियो।

उपचारमा संलग्न चिकित्सक डा रमौला साहका अनुसार अस्वभाविक रुपमा गर्भपतन गराउने क्रममा गर्भाशयको पूरा सफाई नगरिएको, शिशुको केही भाग गर्भाशयमै रहेको र आन्द्रा समेत च्यातिएको अवस्थामा थियो। जटिलता निकै बढिसकेपछि अस्पताल ल्याइएकी युवतीको मृत्यू भएको उनले जानकारी दिइन्। 

सात महीनाको गर्भपतन नेपाल र भारत दुबै देशमा गैरकानूनी छ। चिकित्साशास्त्रका अनुसार पनि यस्तो अवस्थामा गर्भपतन गराउँदा महिलाको ज्यान जोखिममा हुन्छ। 
प्रहरीले ती किशोरीका प्रेमी सिकिन्द्र चौहानलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। 

प्रेम सम्बन्धलाई लिएर छुरा प्रहार

वीरगंज महानगरपालिका– १४ पिपराका २३ वर्षीय सौरभ पटेल र १९ वर्षीया दीपा चौरसिया बैंग्लोरमा अध्ययनरत छन्।

अध्ययन्कै क्रममा यि दुई बीच प्रेम सम्बन्ध कायम भयो। यो सम्बन्ध थाहा पाएपछि दीपाको परिवारले सौरभलाई कुराकानी गर्न भन्दै आफ्नो घरमा बोलायो। तर, कुराकानीकै बीचमा भएको विवाद बढ्दै जाँदा सौरभमाथि धारिलो हातियार प्रहार भयो। घटनामा सौरभ र उनका साथी छपकैयाका जावेद अख्तर घाइते भएको प्रहरीले जनाएको छ। 

घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको भए पनि यो मुद्दा आपसी सहमतिमै टुंग्याइएको पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले जानकारी दिए। 

लक्ष्मीको शंकास्पद मृत्यु


साउन १२ गते दिउँसो घरबाट मःम खान जान्छु भन्दै निस्किएकी वीरगञ्ज महानगरपालिका– ३, प्रगतिनगरकी २३ वर्षीया लक्ष्मी ठाकुरलाई परिवारले राति ८ बजे अस्पतालको बेडमा छटपटाईरहेको अवस्थामा फेला पार्‍यो। तर, चिकित्सकले उनको ज्यान बजाउन सकेनन्। 

लक्ष्मीले माईस्थान चोकमा रहेको हट मःम सेन्टरमा साथी सुरक्षा खतिवडा र अल्का कलवारसँगै खाजा खाएर छुट्टिएको सुरक्षाले प्रहरीलाई बयान दिएकी छन्। 

प्रहरीका अनुसार छुट्टिएको केही बेरमै लक्ष्मीले अल्कालाई फोन गरेर आफूले विष सेवन गरेको बताएकी थिइन्। त्यसपछि साथीहरुले उनलाई घण्टाघर अगाडिबाट उद्धार गरी नारायणी अस्पताल पुर्‍याएका थिए। उनले विष सेवन किन गरिन् वा कसैले गरायो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यता लक्ष्मीका परिवारले रेश्माले आत्महत्या नगरी उनको हत्या भएको दाबी गरिरहेका छन्। प्रहरी भने पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छ। प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर भन्छन, “पोष्टमार्टम रिपोर्ट नआएकाले अहिले नै आत्महत्या वा हत्या केही भन्न सकिंदैन।”

घटनालगत्तै सम्पर्कविहीन रहेका लक्ष्मीका प्रेमी भनिएका आनन्द गुप्ता अहिले सम्पर्कमा रहेको प्रहरीले जनाएको दावी छ। गुप्ताले फेसबुकमा प्रेमकै विषयलाई लिएर निकै अघिदेखि निराशाजनक स्टाटस लेख्दै आएका थिए। 

सँगै घुम्न गएकी श्रीमतिमाथि छुरा प्रहार

वीरगंज महानगरपालिका- १० घडिअर्वाका २४ वर्षीय रोशन गुप्ताले वीरगंजस्थित भिस्वा डाँडामा दिउसो घुम्न गएका बेला आफ्नी कान्छी श्रीमती २२ वर्षीया मनु चौधरीलाई घाँटीमा छुरा प्रहार गरेका छन्।

साउन १४ गते घुम्न गएका बेला सामान्य कुरामा बढदै गएको विवाद चर्किंदै गएपछि आक्रोशित रोशनले मनुमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। पहिलेदेखि विवाहित रोशनले मुनासँग विवाह गरे पनि पारिवारिक विरोधका कारण घरमा लैजान पाएका थिएनन्। 

प्रहरीले रोशनलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको चलाएको छ भने मनुको नारायणी अस्पतालमा उपचार भइरहेको छ। 

अपराधमा युवा

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जिल्लामा भइरहेका अपराधमा युवाको संलग्नता चिन्तजनकरुपमा बढ्दो छ।  

यसवर्ष भएका आपराधिक घटनामा २० देखि २९ वर्षको उमेर समूहका युवाको संलग्नता ५५.६० प्रतिशत छ। त्यसै गरी अपराधमा संलग्नमध्ये १९.९० प्रतिशत १५ देखि १९ वर्षका किशोरकिशोरी छन्। 

समग्र मुलुककै तथ्यांक हेर्ने हो भने पनि पछिल्ला तीन आर्थिक वर्षमा अपराधको ग्राफमा युवा संलग्नताको ग्राफ उकालो लाग्दै गएको गएको छ।

आव ०७२/७३ मा युवाहरु संलग्न अपराध १.७६ प्रतिशतले बढेको थियो भने, ०७३/७४ मा १०.१५ प्रतिशत र ०७४/७५ मा झन्डै दोब्बर बढी अर्थात २४.९६ ले अपराधका घटना वृद्धि भएका छन्। 

गत आर्थिक वर्षमा त यो दर ३८ प्रतिशतले बढेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।