बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा आयो ‘रसुवा’ पानी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- रुद्रगंगा नेचुरल वाटर प्रालिले ‘रसुवा’ पानी बजारमा ल्याएको हो। रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएको यो पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले  रसुवा पानीको सार्वजनिक गरेकीहुन्।

हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित ‘रसुवा’ नामको पानी उत्पादन थालिएको कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीले बताए ।

यस उद्योगबाट उत्पादित पानी राष्ट्रिय बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए।

पानीको बजारीकरण गर्नको लागि कम्पनीले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्राण्ड एम्बास्डर बनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा लैजाने भएकोले पानीको बोटलको डिजाइन, लेबलिङ उच्चस्तरको बनाएको कम्पनीले जनाएको छ। कम्पनीले लोपउन्मुख जनावर रेडपाण्डा संरक्षणमा सहयोग गर्ने भन्दै पानीको बोटलमा रेडपाण्डा तस्विर राखेको छ। सफा बोटलको भित्र गोसाइँकुण्डको ताल र पृष्ठभूमिमा हिमाल देखाइएको छ।

हाल कम्पनीले ३३० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर र १८ लिटरका बोटलमा पानी बजारमा ल्याएको छ। कम्पनीले पानीको मूल्य भने सार्वजनिक गरेको छैन।

साउनको अन्तिम सातादेखि पानी बजारमा लैजाने तयारी भएको र मूल्य निर्धारणको लागि काम पनि भइरहेको भण्डारीले बताए।

२ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमानिर्माण सम्पन्न भएको हो। उद्योग स्थापना गर्ने क्रममा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममाथप ५ करोड रूपैयाँलगानी गर्न लागिएको उनले बताए।

काठमाडौँबाट १७० किलो मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्नेछ। उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा करिब ७० जनाले रोजगारी पाएका छन्।

रसुव पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चाइना पठाइने छ। आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलियालगायत विश्वभर नै बजार बिस्तार गर्ने लक्ष्य रहेको रुद्रगंगा नेचुरल वाटर प्रालिकाअध्यक्ष भण्डारीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्