काठमाडौं - गत साता अष्ट्रेलियामा भएको कार दुर्घटनाका चालक सागर भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार शुक्रबार राति नेपाल आउने क्रममा प्रहरीले भट्टराईलाई सिड्नी एयरपोर्टबाट पक्राउ गरेको अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन्।
क्यानबेरा अस्पतालमा उपचार गराइ डिस्चार्ज भएपछि परिवार भेट्न नेपाल आउने क्रममा उनी पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई मस्कट प्रहरी चौकीमा राखिएको छ।
गत आइतबार स्नोइ माउन्टेन जाने क्रममा कारमा सवार पाँच मध्ये दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारी रहेका छन्।
पक्राउ परेका चालक भट्टराईविरुद्ध लापरवाही तरिकाले गाडी चलाउँदा ज्यान गएकोलगायतका आरोपमा प्रहरीले मुद्दा चलाएको छ। उनलाई सेप्टेम्बर २७ तारिकमा अदालत पेश गरिने र त्यतिन्जेलसम्म प्रहरी हिरासतमै राखिने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४