एजेन्सी- भारत तथा वेस्टइन्डिजविरुद्धको तीन खेल टी-२० सिरिज आज (शनिबार) देखी सुरु हुँदै छ । खेल नेपाली समय अनुसार राती ८:१५ बजे सुरु हुने छ ।
यस खेलमा सबैको नजर भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्मामाथी रहेको छ । यस सिरिजका दौरान रोहित टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा धेरै छक्काको रिकर्ड आफ्नो नाममा गर्न सक्ने छन् ।
रोहितले हाल सम्म ९४ टी-२० खेलमा कुल १०२ छक्का प्रहार गरेका छन् । यस टी-२० क्रिकेटमा सबै भन्दा धेरै छक्का प्रहर गरेको रेकर्ड वेस्टइन्डिजका क्रिस गेलको नाममा छ । गेलले ५८ टी-२० अन्तराष्ट्रियमा कुल १०५ छक्का प्रहार गरेका छन् ।
गेल पछि यस लिस्टमा मार्टिन गुप्टिल छन् । गुप्टिलले ७६ टी-२० मा १०३ छक्का लगाएका छन् । गेल भारतसँगको टी-२० सिरिजमा छैनन् । गेललाई टी-२० सिरिजका लागि आराम दिएको छ ।
उनी भारतविरुद्धको एकदिवसीय क्रिकेटमा भने खेल्ने छन् । यो गेलको अन्तिम एकदिवसीय क्रिकेट हुने छन् । टी-२० मा रोहितले ३२.३७ को औसतमा सर्वाधिक २ हजार ३३१ रन बनाएका छन् । जसमा चार शतक र १६ अर्धशतक छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४