एजेन्सी- पेरिस सेन्ट जर्मन (पिएसजी)ले सन् २०१७ मा नेयमारलाई विश्वकै सर्वाधिक मुल्यमा अनुबन्ध गरेको थियो । त्यसपछि हालसम्म त्यो भन्दा ठुलो मुल्यमा न कुनै खेलाडी बेचीएका छन् नत कुनै क्लबले किन्ने नै आँट गरेका छन् ।
नेयमारलाई पिएसजीले २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । जुन विश्व फुटबलको आश्चर्यचकित खेलाडी अनुबन्ध फी हो । यससँगै ब्राजिलियन स्टार खेलाडी नेयरमा विश्वकै सर्वाधिक महंगा खेलाडी बने ।
नेयमारले पिएसजीले युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई पनि महंगो मुल्यमा अनुबन्ध गरेको थियो । उनलाई पिएसजीले १४५ मिलियन युरोमा ३५ मिलियन युरो बोनस थप सहित अनुबन्ध गरेको थियो ।
त्यस्तै सन् २०१६ मा पउल पोग्वा १०५ मिलियन युरोमा इटालियन क्लब युभेन्ट्सबाट इंग्लिस क्लब म्याचेस्टर युनाइटेड आएका थिए । २०१९ मा १२६ मिलियन युरोमा बेनफिकाबाट जोआओ फेलिक्स ला लिगा क्लब एटलेटिको मड्रिडमा अनुबन्ध भए ।
जनवरी २०१८ मा लिभरपुलबाट बार्सिलोना आएका फिलिप्पे काउटिन्हो, एन्टोनी ग्रिजमन, ओस्माने डेम्बले पनि ठुला अनुबन्ध हुन् । त्यस्तै इडेन हाजार्ड, क्रिस्टियानो रोनालडो पनि विश्व फुटबलमा खेलाडी अनुबन्धको शीर्ष ९ भित्र पर्दछन् ।
हेरौ विश्व फुटबलमा हाल सम्मका सर्वाधिक सय ठुला खेलाडी अनुबन्धहरु।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४