बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • समायोजन भएर आएका कर्मचारी हाजीर गराउन उपमहानगरको आलटाल

समायोजन भएर आएका कर्मचारी हाजीर गराउन उपमहानगरको आलटाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- समायोजन भएर आएका कर्मचारीलाई जनकपुरधाम उपमहानगरपालिकाले हाजीर गराउन आलटाल गरेको छ।

समायोजन भइ समायोजनसहितको पत्र लिएर आउँदासमेत उपमहानगरपालिकाले हाजीर नगराएपछि कर्मचारीहरु अलमलमा परेका छन्।

ललितपुरको गोदावरी नगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत (आठौं तह) धिरेन्द्रलाल कर्णको समायोजनपछि जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भयो।

कर्ण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र र गोदावरी नगरपालिकाबाट रमाना लिएर हाजीर हुन गत आइतबार जनकपुरधाम उपमहानगरपालिका कार्यालय आइपुगे। तर उपमहानगरपालिकाले उनलाई हाजीर गराउन मानेको छैन।

गत आइतबारदेखि हाजीर हुन उपमहानगरको कार्यालय धाइरहेका कर्ण अहिले अलमलमा परेका छन्। शिक्षा मन्त्रालयको पत्र र गोदाबरी नगरपालिकाबाट बुझेका रमानापत्र बोकेर कर्ण उमहानगरपालिकाका प्रमुख लालकिशोर साह र कार्यकारी अधिकृत सीता परियारलाई समेत भेटिसकेका छन्।

अधिकृत परियारले उनलाई सुरुमा प्रमुखसँग भेट्न भनिन्। प्रमुखसँग भेट्दा कर्मचारी आवश्यक नरहेको भन्दै उनलाई फर्काए।

प्रशासकीय अधिकृत परियार सरुवा भएर आएका कर्णलाई हाजीर गराउने  पक्षमा देखिए पनि प्रमुख साहले भने चाहेका छैनन्। अधिकृतले कर्णलाई हाजीर गराउन पत्र काटिन्।

तर दर्ता चलानी शाखाले पत्र दर्ता गर्न मानेन्। अधिकृत कर्णका अनुसार दर्ता शाखामा कार्यरत कर्मचारीहरुले कर्मचारी हाजीर नगराउन प्रमुखले मौखिक आदेश दिएको बताएका छन्।

दर्ता शाखाले पत्र दर्ता गर्न नमानेपछि प्रशासकीय अधिकृत परियारले  हाजीर गराउन नसक्ने भन्दै कर्णलाई पत्र थमायो। तर प्रमुख साहले भने पत्रमा हस्ताक्षर गर्न मानेन्।

अलमलमा परेका अधिकृत कर्ण भन्छन्,‘के कति कारणले हाजीर गराउन मानेको छैन्, उपमहानगरपालिकाको प्रमुखले लेखेर दिनुपर्यो। तर उनी हाजीर गराउन नसक्ने पत्रमासमेत हस्ताक्षर गर्न मानेका छैनन्।’

‘समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारले भनेको छ,’ नेपाल समयसँग कुरा गर्दै कर्णले भने, ‘म हाजीर हुन आएपनि प्रमुखले हाजीर गराउन मात्रु भएको छैन्।

हाजीर नगराउनेलाई पनि सरकारले कारबाही गर्नु पर्यो।’ चालु आर्थिक वर्षदेखि कर्मचारीहरुको तलब समायोजन भएर सरुवा गरिएको कार्यालयमा जाने भएकोले आफूहरु थप समस्यामा परेको उनले बताए।

कर्णमात्र होइन धनुषास्थित स्वास्थ्य चौकी लखौरीबाट समायोजनपछि जनकपुरधाम उपमहानगरपालिका सरुवा गरिएका कार्यालय सहयोगी रामसकल साहपनि कागजपत्र बोकेर हाजीर हुन धाइरहेका छन्।

२० दिनदेखि उपमहानगरपालिका कार्यालय धाइरहेका उनलाई समेत हाजीर गराउन कार्यालयले आलटाल गरिरहेको छ।

प्रशासकीय अधिकृत परियारलाई भेट्दा उनले प्रमुखसँग भेट्न भनेको तर अहिलेसम्म प्रमुखसँग हुन नसकेको साहको गुनासो छ। आफूलाई किन हाजीर नगराएको विषयमा प्रशासकीय अधिकृतले समेत केही नबोलेको उनको भनाइ छ।

यता दर्ता शाखाका प्रमुख तथा नायब सुब्बा बद्रिनाथ बाग्ले र प्रशासन शाखाका नायब सुब्बा रामसुन्दर दासले नगरप्रमुखको मौखिक आदेशका कारण हाजीर हुन आएका कर्मचारीको पत्र दर्ता नगरेको र हाजीर नगराएको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।