मंगलबार, वैशाख ११, २०८१

पौने दुई लाखले पाए रोजगारी : श्रम मन्त्रालय 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ- प्रधानमन्त्री रोजगार कार्यक्रममा एक लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जम्मा २२ लाख ६२ हजार २६९ दिनको रोजागारी प्रदान गरिएको छ।

बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार युवाहरुले औषत १३ दिन बराबरको काम पाएको जानकारी दिइयो। सरकारले गत आर्थिक वर्षका लागि बेरोजगारलाई कम्तीमा १०० दिनको रोजगारी ग्यारेन्टी गर्ने भन्दै कार्यक्रम ल्याएको थियो।

उक्र कार्यक्रमका लागि विनियोजित रु. ३ अर्ब १० करोड बजेटमध्ये प्रत्येक स्थानीय तहलाई रु.१ करोडभन्दा बढी र रु. ५ लाख भन्दा कम नहुने गरी रकम विनियोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु. ५ अर्ब बजेट विनियोजन भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि छुट्याइएको कुल बजेटमध्ये रु. २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार स्थानीय तहलाई सशर्त अनुदान दिइएको, रु.४१ करोड प्रदेश तथा रु.४३ करोड मन्त्रालयलका लागि छुट्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उक्त कार्यक्रम गरीबी र अभावसँग पौठेजोरी खेलीरहेका युवाहरुलाई कामसँग जोड्ने माध्यम भएको दाबी गरे। 

उनले भने, “कहीं श्रमशक्ति छ तर काम छैन, कही काम छ तर श्रमशक्ति छैन यस्तो अवस्थामा सन्तुलन ल्याउन प्रत्येक स्थानीय तहमा रोजगार संयोजक खटाइएको हो।” 

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बाटो, धर्मशाला निर्माण, चौतारी निर्माण, पर्खाल लगाउने, घोडेटो र गोरेटा बनाउने, बगैंचाको फूल गोड्ने, नाली सफा गर्ने, बाटो वरीपरिको झार सफा गर्ने, बाटो मर्मत गर्ने लगायतका काममा खर्च भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा ६ हजार ८६४ वटा विभिन्न यस्ता आयोजनाहरु कार्यान्वयन भएका थिए  तर, सम्पूर्ण विवरण आइपुग्द कुल आयोजना संख्या ८ हजार नाघ्ने छ।

हालसम्म ५९९ वटा स्थानीय तहबाट विवरण प्राप्त भएको र थप विवरण आउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा बाटो छेउको झार सफा गर्ने, बगैंचामा फूल गोड्ने जस्ता झारा टराईका काम गराएर रकम अनावश्यक खर्च गरिएको भन्दै आलोचना भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्